काठमाडौ — पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेताहरूलाई निर्मल निवासमा आमन्त्रण गरी दिवा भोज बैठक गरेको खुलासा भएको छ । बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सामेल थिए ।
स्रोतका अनुसार करिब डेढ घण्टा लामो छलफलमा पूर्वराजाले सबैभन्दा बढी राजावादी समूहहरूबीच एकताको अभावप्रति गुनासो गरेका थिए । उनले राजतन्त्रको पक्षमा जनमत बढ्दो भए पनि राजावादी शक्तिहरू विभाजित रहँदा आन्दोलन कमजोर भएको धारणा व्यक्त गरेका थिए ।
पूर्वराजाले फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै देशको समृद्धि र उन्नतिको लागि सबैलाई आह्वान गरेका थिए । यसै सन्दर्भमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा ’राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो । तर राप्रपाका अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वमन्त्री केशरबहादुर विष्टले उक्त समितिमा सहभागिता अस्वीकारे ।
राप्रपाले हालैको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनकै नेतृत्वमा राजावादी आन्दोलन अघि बढाउने निर्णय गरेको छ । यस निर्णयले पार्टीभित्रको संस्थापनइतर समूहलाई दबाबमा पारेको छ । अघिल्लो आन्दोलन परिचालन समितिको संयोजक रहेका डा. धवलशमशेर राणाको भूमिकालाई पनि सीमित गरिएको छ ।
यसबीच राप्रपा नेपालले भने नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा पूर्ण समर्थन जनाउँदै उपाध्यक्ष तारानाथ लुइँटेललाई प्रतिनिधित्वका लागि मनोनयन गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले राजावादी शक्तिहरूबीच एकता कायम गरी आन्दोलनलाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । तर नेतृत्वको विषयमा देखिएको मतभेदले राजावादी आन्दोलनलाई प्रभावकारी बनाउन चुनौती थपिएको देखिन्छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares