काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा प्रक्षेपण गरिएको डिजिटल बोर्ड ह्याक गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कक्षा १२ मा अध्ययनरत काठमाडौँका एक १६ वर्षीय किशोर छन् । प्रहरीले दिएको जानकारीअनुसार चैत १३ मा पानीपोखरीस्थित रोटरी क्लबले सडकछेउमा राखेको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्रीविरुद्ध ‘...देश छोड’ भन्ने नारा देखाइएको थियो ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत सूचना प्रविधि निर्देशनालयले गरेको प्रारम्भिक अनुसन्धानमा किशोरले मोबाइल एपमार्फत डिजिटल बोर्ड ह्याक गरेको खुलेको छ । युट्युबबाट ह्याक गर्ने तरिका हेरेपछि जिज्ञासावश उक्त कार्य गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । नेपालमा डिजिटल बोर्ड ह्याक गर्ने प्रवृत्ति बढेको छ । सिकारु ह्याकरहरुले समेत सस्तो साइबर सुरक्षा प्रणाली प्रयोग गरि बनाइएको सरकारी र निजी निकायहरुको डिजिटल संयन्त्रमा सहजै पहुँच बनाएर गलत एवं अशिष्ट सन्देश लेखिरहेका हुन्छन् ।
शिक्षा/प्रविधि
गणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददातामहेन्द्र बहुमुखी क्याम्पसको नाममा अन्तरिम आदेश
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares