सप्तरी– खडक नगरपालिकाले भोट बैंक सुरक्षित गर्न सडक बाटोमा नै बस्ती बसाल्न सुरु गरेको छ । नगरपालिकाले वडा १ सिस्वाका २०–२५ घरधुरी मण्डल समुदायलाई बोदेबर्साइन १ धनगढी र वडा २ बैरिया जोड्ने सडकमा बस्ती बसाल्न थालेको हो ।
वडा समितिको काम, कर्तव्य र अधिकारको बारेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा (२) को (ख) मा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक तथा धार्मिक महत्वका सम्पदा, प्राचिन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने व्यवस्था रहेको छ । सोही उपदफाको (ग) को (२१) मा वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने उल्लेख छ ।
खडक नगरपालिका १ का वडाध्यक्ष राजकुमार साहले आफ्नो भोट बैंक सुरक्षित गर्न नगरप्रमुख जयप्रकाश चौधरीको निर्देशनमा बस्ती बसाल्न सुरु गरेको स्थानीयको आरोप छ । नगरपालिकाले नगरका अमिनलाई खटाएर बस्ती बसाल्न प्रत्येक घरधुरीलाई ७–७ धुरको सडक बाटोको जग्गा बितरण गर्न नाप जाँच सुरु गरेको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय सुजेन्द्र यादवले उक्त सडक खडक नगरपालिका र बोदेबर्साइन नगरपालिकाको सीमाना रहेको र सडकको दुबैतर्फको किसानलाई आफ्नो खेतमा हलगोरु लग्ने बाटोसमेत बन्द गरेर वडाध्यक्ष साहले बस्ती बसाल्न सडकको जग्गा नापी गरिरहेको गुनासो पोखेका छन् । साह वडाध्यक्षमा निर्वाचित हुनु अगावै उक्त सडकमा जबर्जस्ती अव्यवस्थित बस्ती बसालेका थिए । अहिले उक्त अव्यवस्थित बस्तीलाई व्यवस्थित बस्ती बनाउने नाममा सडकको जग्गा नापी गरिरहेको यादवको गुनासो छ ।
‘सडकको दुबै छेउका किसानलाई खेती गर्न हलगोरुसमेत लग्न समस्या भएको जानकारी वडाध्यक्ष साहलाई हुँदाहुँदै पनि बस्ती बसाल्नु उचित होइन,’ उनले भने, ‘पहिलो उक्त सडक खडक नगरपालिकाको एकलौटी हुँदै होइन, यसमा आधा सडक बोदेबर्साइन नगरपालिकाको सीमानामा रहेको जानकारी हुँदाहुँदै पनि जग्गा नापी गरिरहेको छ ।’ यसरी जबर्जस्ती बस्ती बनाउने कार्य तत्काल रोक्न स्थानीय किसानहरुले माग गरेका छन् ।
वडाध्यक्ष साहले सडकमा बसालेको मण्डल समुदाय सुकुम्बासी रहेकोले व्यवस्थित बस्ती बसाउने योजना अनुरुप जग्गा नाप जाँच गराइरहेको भन्दै आएको तर घर टहरा बनाएर सडकमा जबर्जस्ती बसिरहेका मण्डल समुदायका प्रत्येक व्यक्तिको आफ्नो जग्गा रहेको स्थानीय किसानहरुको भनाइ छ । सडकमा घर टहरा बनाएर बस्नेहरु कोही पनि शुद्ध सुकुम्बासी नभएको उनीहरुको जिकिर छ । तर वडाध्यक्ष साहले भोट बैंक सुरक्षित गर्न जुनुसुकै मूल्यमा पनि सडकमा घर टहरा बनाएर बस्दै आएका मण्डल समुदायलाई जग्गा नापी गरेर सुकुम्बासीको लालपूर्जा उपलब्ध गराउने अभियानमा लागेकोले बाध्य भएर प्रतिकारमा उत्रिनुपर्ने किसानहरुले चेताबनी दिएका छन् ।
मण्डल समुदायले उक्त सडकमा अवागमन अबरुद्ध गरेर बसोबास गर्न थालेपछि वडाध्यक्ष साहलाई दवाव बढेको र त्यसैले व्यवस्थित बस्ती बसाल्ने नाममा खाली रहेको सडकको जग्गा पनि नापी गरेर उनीहरुलाई लालपूर्जा उपलब्ध गराउने अभियान थालेको किसानहरुको भनाइ छ । ‘मण्डल समुदायले सडक बाटो अतिक्रमण गरेर बसेकोले अहिले उक्त सडकमा गोरुगाडाको अवागमनमा समेत समस्या छ,’ उनले भने, ‘किसानहरुलाई धान, गहुँ काटेर गोरुगाडामा लग्न समेत अनेका झै–झगडाको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडाध्यक्षहरुलाई वडा क्षेत्रभित्रका सार्वजनिक सडक, ऐलानी, पर्तिलगायतको सार्वजनिक सम्प्ति संरक्षण गर्ने अधिकार दिएको छ । तर वडाध्यक्ष साहले सार्वजनिक सडक नै नापी गरेर त्यसमा बस्ती साल्ने योजना ल्याएर कानुनको धज्जी उडाएको स्थानीयवासीको आरोप छ ।
वडा समितिको काम, कर्तव्य र अधिकारको बारेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा (२) को (ख) मा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक तथा धार्मिक महत्वका सम्पदा, प्राचिन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने व्यवस्था रहेको छ । सोही उपदफाको (ग) को (२१) मा वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने उल्लेख छ । तर वडाध्यक्ष साहले सार्वजनिक सडक बाटो नै अबरुद्ध गरेर कथित सुकुम्बासीहरुको व्यवस्थित बस्ती निर्माण गर्ने योजना ल्याएर उक्त ऐनको खिल्ली उडाइरहेको छ ।
स्थानीय किसानहरुले तत्काल जग्गा नापी कार्य रोकेर सडकमा बसालेको बस्ती हटाउन खडक र बोदेबर्साइन नगरापालिकाको ध्यानाकर्षण गराएका छन् । सडकमा बस्ती बसाल्न गर्दै आएको नापी कार्य तत्काल रोकेर अबरुद्ध सडक खुलाउन स्थानीयवासीले माग गरेका छन् ।
बोदेबर्साइन नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रको जग्गामा घर टहरा निर्माण गरेकाहरुको नाममा २१ दिनभित्र घर टहरा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । खडक नगर प्रमुख चौधरी र वडाध्यक्ष साहलाई सडक अबरुद्ध गरेर बसेको बस्ती र सडकको जग्गा नापी गरिरहेको विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
समाचार
राजसंस्थावादी चहलपहलबारे कांग्रेसको चिन्ता, गणतन्त्र पक्षमा सातै प्रदेशमा प्रदर्शनको सुझाव
द नेप्लिज संवाददातापूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड आठ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
द नेप्लिज संवाददाताबल्ल ब्यूँझे रेशम चौधरी
द नेप्लिज संवाददातादरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares