विराटनगर - अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित कट्टरपन्थी इस्लामी संगठन हिज़बुत तहरीरले बंगलादेशमा प्रदर्शन गरे पछि मोहम्मद यूनुसको सरकार माथि सवाल खडा भएको छ । उक्त संगठनले शुक्रबार राजधानी ढाकाको बैतुल मुकर्रम नेशनल मस्क क्षेत्रमा प्रदर्शन गरेको थियो ।
र्याली रोक्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यो क्रममा ग्रिनेडको विस्फोटको आवाज़ पनि सुनियो । प्रहरीको ब्यारिकेड तोडेर उनीहरु अघि बढेका थिए । यो संगठनले बंगलादेशमा शरिया कानुन लागुको माग गरिरहेको छ ।
शरिया एउटा इस्लामिक कानुनी प्रणाली हो। इस्लामिक धर्मग्रन्थ कुरानसहित सुन्नाह र हदितबाट प्रवर्तित यो कानुन इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको व्यवहार र वचनहरूमा आधारित भएको बताइन्छ। यदि कुनै प्रश्नको उल्लिखित व्याख्याहरूबाट समाधान नभेटिए धार्मिक विद्वानहरुले त्यस्ता प्रश्नबारे फतवा भनिने आदेश वा निर्देशन दिन सक्छन्।
प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास पनि हान्यो । भीड तितरवितर भयो । प्रहरीले केहीलाई पक्रियो । अहिले स्थिति सामान्य छ ।
बंगलादेशमा यो प्रतिबंधित संगठन हो । सरकारले सार्वजनिक सुरक्षाका लागि ख़तरा मान्दै उक्त संगठन माथि २२ अक्टोबर २००९ मा प्रतिबंध लगाएको थियो ।
र्यालीको क्रममा पक्राउ तीन जना विरुद्ध सरकारले कट्टरपन्थी विचारधारा फैलाइ हिंसा भड्काएर बंगलादेशको एकता, सुरक्षा र अखंडतामा खलल पुर्याउन खोजेको अभियोग लगाएको छ । वैचारिक रुपले हिजबुत तहरीर संसारभरि कट्टर इस्लामिक शासन स्थापना गर्न चाहन्छ ।
यो लोकतन्त्र विरुद्ध हो । यो संगठनले अफगानिस्तानमा तालिबानले महिला माथि कडा प्रबन्ध लगाए जस्तै कुरान र सुन्नाहमा आधारित संविधान बनाउन चाहन्छ । उसले यसका लागि संविधानको मस्यौदा पनि तयार पारिसकेको छ ।
यो संगठन माथि बेलायत, जर्मनी, टर्की, पाकिस्तान र अरब सहित संसारका धेरै देशले हिज़बुत तहरीर माथि प्रतिबंध लगाएको छ । अमेरिका र क्यानाडा समेत केही मुलुकमा यो संगठन कानुनी रुपले सक्रिय छ । गत वर्षको ९ सेप्टेम्बरमा हिज़बुत तहरीरले ढाका प्रेस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथिको प्रतिबन्ध हटाउन माग गरेको थियो ।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares