विराटनगर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा रोक्नुपर्ने कुनै कारण नरहेको निष्कर्ष निकाल्दै तोकिएको तालिकाअनुसार नै परीक्षा सञ्चालन गर्ने भनेको हो ।
शिक्षक आन्दोलनले परीक्षा प्रभावित हुने आशंका गरिँदै आएको थियो । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू चैत २० देखि आन्दोलनरत छन् । उनीहरूले वैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
सरकार र आन्दोलनरत महासंघका प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरूलाई एकद्वार प्रणालीमा समेट्नुपर्ने लगायतका मागहरू अघि सारेको छ । माग पूरा नभएसम्म परीक्षा नलिने अडानमा उनीहरू कायम छन् । तर बोर्डले विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको छ ।
शिक्षा/प्रविधि
सरकारको अल्पकालीन, अदूरदर्शी र नियन्त्रणमुखी दृष्टिकोण
द नेप्लिज संवाददाताकक्षा १२ को परीक्षा हालकै रुटिनअनुसार २१ वैशाखदेखि सञ्चालन हुने
द नेप्लिज संवाददाताप्रधानाध्यापकद्वारा अभिभावक तथा विद्यार्थीलाई चिठी
सन्तोष पोख्रेलदेशभर सामान्यतः मौसम सफा, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालमा ३९७ हिउँचितुवा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares