६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विदेशी मुद्राको मूल्यमा वृद्धि

द नेप्लिज संवाददाता
१० फागुन २०८१, शनिबार

Advertisement

विराटनगर- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तय गरिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा कायम गरिएको उक्त बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रूपैयाँ २१ पैसा र बिक्रीदर ०९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा  राखिएको छ ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर ०४ रूपैयाँ १२ पैसा र बिक्रीदर ०४ रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्री दर ३१ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६६ पैसा र बिक्रीदर ०९ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रूपैयाँ १७ पैसा तय गरेको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने भनेको छ ।

प्रकाशित : १० फागुन २०८१, शनिबार 07:59
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved