विराटनगर– भारतको मुम्बईको एबियो फार्मास्युटिकल कम्पनीले युवापुस्ताका लागि नशाको लत लाग्ने लागूऔषध बनाइरहेको खुलासा भएको छ । उक्त कम्पनिले सरोकारवाला निकायसँग इजाजत पत्र समेत लिएको छैन । बैध जस्तै देखिने प्याकेजिङमा विभिन्न ब्राण्डको नामका धैरे खाले औषधि उक्त कम्पनिले बनाइरहेको छ ।
उक्त कम्पनिले अहिले पश्चिम अफ्रिकालाई यस्तो लागूऔषधिको बजार बनाएको छ । यी लागूऔषधले त्यहाँ एक ठूलो स्वास्थ्य संकट उत्पन्न भएको छ । चिकित्सा शास्त्रको भाषामा यस्तो दबाइलाई ‘ओपीओइड (दुखाइ निको पार्ने नशालु पदार्थ),’ वर्गीकरण गरिन्छ ।
अफिमबाट बन्न औषधिलाई ओपीओइड भनिन्छ । मर्फिन, हेरोइन, ट्रमाडोल, अक्सीकोडोन र मेथाडोनलगायत यही वर्गिकरणमा पर्छ । अचेल दीर्घकालीन दुखाइभन्दा नशाका लागि यी औषधिको प्रयोग बढेको छ ।
एबियो कम्पनिले बनाउने सबै औषधिमा मांसपेशीलाई आराम दिने हानिकारण तत्वहरु टैपेन्टाडोल र कैरीसोप्रोडोल मिसाइएको हुन्छ । युरोपमा कैरीसोप्रोडोलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यसको बढी मात्रामा सेवनले सास लिनमा कठिनाइ हुनुका साथ छारे रोग देखिन सक्छ । मृत्यु पनि हुनसक्छ । यी सबै जोखिम हुँदाहुँदै पनि सस्तो र सहजै उपलब्ध हुने भएकाले पश्चिम अफ्रिका सहित कतिपय मुलुकमा अबैध रुपले बेचिने लोकप्रिय औषधी हो ।
बीबीसी वल्र्ड सर्भिसले घाना, नाइेरिया र आइवरी कोस्टको सडकमा एबियो लोगोको ब्राण्डबाला प्याकेट बिक्री भइरहेको भेटायो । औषधि व्यवसायीको भेषमा एबियोको कारखाना सम्म पुगेर खोजबीन गर्दा कम्पनिका निर्देशकहरुमध्ये एक विनोद शर्मासँग सम्पर्कबाट यसको पुष्टि भयो । उक्त कम्पनिले बनाउने र पश्चिम अफ्रिका बन्ने औषधी एउटै भएको देखियो ।
यी औषधि नाइजेरियाका युवाबीच नीकै लोकप्रिय रहेकोले उत्तैको खपतका लागि बनाइएको शर्माले ब्यापारी भनेर भेट्न गएका बीबीसीका एजेन्टलाई बताए । दुई/तीन चक्की लिए पछि राहत र आनन्द महसुस हुने उनले बताए । ‘स्वास्थ्यको लागि नीकै हानिकारक भए पनि अहिलेको बेला यसकै ब्यापार छ,’शर्माले भने ।
उत्तरी घानाको तमाले सहरमा ठूलो संख्यामा युवा ओपीओइड्सको सेवन गर्छन् । यसलाई रोक्नका लागि सहरको एक चिफ अल्हासन माहमले सय स्थानीय नागरिक सम्मिलित टास्कफोर्स तयार गरेका छन् । यस्तो औषधि बेच्नेकोमा छापा मारेर सहर बाहिर लखेट्नु टास्कफोर्सको मिशन हो । माहम भन्छन्,‘यी ड्रग्सका सेवन गर्नेको मन-मष्तिस्कले काम गर्दैन, मट्टितेल खन्याउँदा आगोले उग्र रुप लिए जस्तै उनीहरुको व्यवहार हुन्छ ।’
उनको अनुसार टोलटोलमा यस्ता औषधी डिलर र प्रयोगकर्ता भेटिन्छन् । एबियोले दूर्व्यसनीलाई लक्षित गरेर उत्पादन गर्ने यस्ता औषधि घानाको अन्य इलाकामा पनि प्रहरीले बरामद गरेको छ । नाइजेरिया र आइवरी कोस्टमा यी नशा लगाउने औषधि बिक्री भइरहेको छ । किशोरवर्गले नशाको असर बढाउन इनर्जी ड्रिंकमा हालेर यसको सेवन गर्छन् ।
बीबीसीको खोज तलाशमा एबियो फार्मास्युटिकल्सले सहयोगी कम्पनि वेस्टफनी इंटरनेशनलसँग मिलेर लाखौँ चक्की, क्याप्सुल घाना र अन्य अफ्रिकी मुलुकमा पठाइरहेको देखिन्छ । कÞरिब २२.५ करोड़ जनसंख्या भएको नाइजीरिया, यी लागूऔषधको सबैभन्दा ठूलो बजार हो ।
नाइजेरियाको नेशनल ब्यूरो अफ स्टेटिस्टिक्सको अनुसार करिब ४० नाइजेरियालीले कुनै न कुनै रुपमा यी ओपीओइड्सको प्रयोग गर्छन । युवा र परिवारलाई बर्बाद गरिरहेको यी ड्रग्सहरु आफ्ना हरेक समुदाय सम्म पुगेको नाइजेरियाका ड्रग एण्ड ल इनफोर्समेन्ट एजेन्सी (एनडीएलईए) का चेयरम्यान बिग्रेडियर जनरल मोहम्मद बुबा मारवाले बताए ।
२०१८ मा पनि बीबीस अफ्रिका आईले ओपीओइडलाई स्ट्रीट ड्रग्सको रुपमा बेचिने सम्बन्धमा अनुसन्धान गरेको थियो । यसपछि अधिकारीहरुले अबैध तरिकाले व्यापक सेवन गरिने ओपीओइड समूहको ट्रामाडोलमा रोक लगाउने प्रयास गरेको थियो । चिकित्सको पूर्जी बगेर प्रयोग गर्न नपाइने भन्दै सरकारले यसमा प्रतिबन्ध लगायो । अबैध औषधि चक्कीको आयातमा पनि उसले कारबाही गर्यो । त्यति बेलै भारतका अधिकारीहरुले पनि यसको निर्यातमा कडाइ गर्न थाल्यो ।
एबियोले चलाखीका साथ टैपेंटाडोलमा आधारित नयाँ र शक्तिशाली चक्कीको निर्यात सुरु गर्यो । यो औषधिमा मांसपेशिलाई आराम पुर्याउने कैरीसोप्रोडोल मिसाइको थियो । यो कम्पनिले टैपेंटाडोल–कैरीसोप्रोडोल ककटेल चक्कीलाई विभिन्न नामहरु टैफ्रोडोल, टिमाकिंग र सुपर रॉयल–२२५ ले बेच्छ । यस कम्पनिमा कार्यरत विज्ञले विभिन्न नशा लगाउने औषधि मिसाएर नयाँ बनाउँछन् । नयाँ उत्पादन ट्रामाडोलको तुलनामा नीकै खतरनाक छ ।
नेशनल इंस्टीट्यूट ऑफ मेंटल हेल्थ एंड न्यूरो साइंसेज, बेंग्लुरुका सहायक प्राध्याक डक्टर लेखांश शुक्लाका अनुसार यसले सास लिन अप्ठेरो हुने गरी गहिरो निंद्रा लगाउँछ । नशाको लत पार्ने हुनाले युरोपमा कैरीसोप्रोडोलमाथि प्रतिबन्ध छ । अमेरिकामा केवल तीन साता मात्र यस्तो औषधिको प्रयोग अनुमति छ । यसको दीर्घकालीन सेवनले घबराहट, निंद्रा नआउनु र मतिभ्रमको लक्षण देखिन्छ ।
नाइजेरियाका पत्रकारले दुई दशकभन्दा बढी समयदेखि ओपीओइड संकटमा गरिरहेको छ । प्रहरीले ती बरामद चक्कीहरुलाई सबैले देख्ने गरी जलाउँछ । तर टैफ्राडोलको सयौं प्याकेट्स आगोमा खरानी भए पनि यो लागू औषध चेनको मुख्य कारक ’बिक्रेता र आपूर्तिकर्ता’ हजारौँ किलोमीटर टाढा भारतमा बसेका छन् । उनीहरुले आममान्छेको पीडाबाट बढीभन्दा बढी रकम कमाइरहेका छन् ।
घानाको राष्ट्रिय ड्रग इन्फर्समेन्ट एजेंसीका अनुसार टैपेंटाडोल र कैरीसोप्रोडोलको मिश्रण भएको चक्की बेच्ने यहाँ अनुमति छैन । भारतले अन्य देशको ऐन विपरितको औषधीलाई निर्यात गर्ने अनुमति दिंदैन । यो दृष्टिकोणले घानमा टैफ्रोडोलको आपूर्ति गरेर एवियोले भारतीय कानूनको पनि उल्लघंन गरिरहेको छ । निर्देशक शर्मा और एवियो फार्मास्युटिकल्सले यस बारेमा कुनै प्रतिक्रिया दिन चाहेन ।
भारतको ड्रग नियामक सीडीएससीओको अनुसार भारत सरकारले विश्व स्तरमा पब्लिक हेल्थ (जनस्वास्थ्य) प्रतिको जिम्मेबारी बुझेको छ । भारतले अन्य मुलुकमा हुने औषधि निर्यातमा सुक्ष्म ढंगले निगरानी गरिरहेको सीडीएससीओले भनेको छ । उसको अनुसार हालै बनाइएको कड़ा नियमहरुलाई निर्मम ढंगले लागू गरिंदैछ । आयात गर्ने मुलुकले पनि अनुगमन प्रणालीलाई मजबूत बनाएर यस दिशामा भारतलाई साथ दिनुपर्ने सीडीएससीओको भनाइ छ ।
सार्वजनिक रूप से उपलब्ध निर्यात तथ्यांकले अन्य फार्मा कम्पनिले पनि यस्तो औषधि बनाएर भिन्न्नभिन्न नामबाट ब्राण्डिंग गरिरहेको छ । यी सब पूरा पश्चिम अफ्रिकामा उपलब्ध छ । यस्ता कम्पनिहरुले गर्दा भारतमा तीब्र गतिले बढिरहेको फार्मास्युटिकल्स उद्योगको छविमा असर गरिरहेको छ । संसारभरका नागरिक निर्भर उच्चस्तरिय जेनरिक औषधि बनाउने भारतका राम्रा कम्पनिहरुको प्रतिष्ठमा यसले आघात पुर्याउँछ । भारतले वार्षिक कम्तिमा २८ अर्ब डलरको औषधि निर्यात गर्छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares