विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ ।
विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर सददाव आलमले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१, १५ र १० हजार नगद पुरस्कारका साथमा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीले ४ हजार पुरस्कार पाउनेछन् ।
समयअनुसार विद्यार्थीलाई अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्नेमा कलेजका प्रमुख भरत सापकोटाले बताए । प्रतियोगितामा मोरङ र सुनसरीका १५ विद्यालयको सहभागिता रहेको सापकोटाले जानकारी दिए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उनले बताए ।
शिक्षा/प्रविधि
हल्कादेखि भारी वर्षा
द नेप्लिज संवाददाताजनता क्याम्पसमा सामाजिक लेखा परीक्षण कार्यशाला शुरू
द नेप्लिज संवाददातादेशभर आंशिकदेखि मध्यम वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताप्लास्टिक प्रदूषण न्यूनीकरण र अवैध माछामारीविरुद्ध चेतना फैलाउँदै
कोसीलगायत पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागद्वारा सचेत रहन आग्रह
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares