४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

द नेप्लिज संवाददाता
११ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । उनले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ जीवनयापनका लागि समेत सहयोग गर्ने उल्लेख गरे । 

स्ववियूको समन्वयमा कोशी प्रदेशभरिका वीवीए अध्ययन हुने क्याम्पसका छात्राहरुले प्रतियोगितामा भाग लिएका छन् । ८ टिम सहभागी प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ रुपैयाँ, द्वितीय हुने टिमले १२ हजार २ सय २२ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपरलाई २ हजार २ सय २२ रुपैयाँ, सबैभन्दा बढी गोल गर्नेलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्ले अफ द म्याच, फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजक समितिकी रोनिष्मा पोखरेलले जानकारी दिइन् । कोशी प्रदेशभरिका वीवीए अध्ययन हुने क्याम्पसका छात्राहरुबीच सहकार्य होस् भनेर स्ववियूले प्रतियोगिताको समन्वय गरेको सभापति जसवन्त पौडेलले बताए । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । 
 

प्रकाशित : ११ फागुन २०८१, आइतबार 19:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved