विराटनगर– विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाले आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरु गरेको छ ।
प्रतियोगिताको उद्घाटनपछि महानगरका मेयर नागेश कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले बाहिरी ज्ञान पनि हासिल गर्नु जरुरी रहेको बताएका छन् । उनले हरेक शुक्रबार महानगर क्षेत्रका विद्यालयलाई ‘बुक फ्रि डे’का रुपमा अतिरिक्त क्रियाकलाप गराउनुपर्ने धारण राखेका हुन् ।
शुक्रबार पाठ्यपुस्तकको अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने नीति अघि सारिएको उनको भनाइ थियो । ‘रुची अनुसार शुक्रबार विद्यार्थीले आफूले अतिरिक्त क्रियाकलापमा भाग लिन पाउनु पर्छ,’ उनले भने, ‘खेलकुदमा रुची भएकाले खेलकुदमा भाग लिन्छन् ।
साहित्यमा रुची भएकाले साहित्य सिर्जनामा, कसैले वाचन कलामा भाग लिन्छन् । गीतसंगीतमा रुची भएकाले गीत गाउँछन् ।’ मेयर कोइरालाले यसले आफ्नो रुचीअनुसार विद्यार्थीले आफूलाई निखार्नुका साथै सीपको विकास गर्न सफल हुने बताए ।
अध्ययनसँगै अन्य क्षेत्रमा लागेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा विद्यार्थी र अभिभावकले बुझ्नु जरुरी रहेको उनले बताए । प्रविधिमैत्री शिक्षालाई महानगरले जोड दिइरहेको बताउँदै उनले व्यवहारिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुने बताए ।
वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौला, प्रधानाध्यापक नेत्रप्रसाद पराजुली, जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौला, शिक्षक ऋषि खतिवडालगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ५४ वटा विद्यालयका विद्यार्थी सहभागी हुने छन् । प्रतियोगितामा प्रथम हुनेले २१ हजार, द्वितीय हुनेले १५ र तृतीय हुने विद्यालयले १२ हजार र सान्त्वनाले ६ हजार नगद राशिसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । सहभागी सबै विद्यालयलाई ट्रफीका साथमा स्टेशनरी सामग्रीसमेत प्रदान गरिनेछ ।
प्रतियोगिता विगत ७ वर्षदेखि जारी रहे पनि यसपटकदेखि भने रनिङ शिल्डका रुपमा सुरु भएको हो । अब प्रथम हुनेले १६ तोलाको चाँदीको जलप र महानगरको लोगो कुँदिएको शिल्ड प्राप्त गर्नेछ । लगातार तीनपटक प्रथम हुने विद्यालयले सो शिल्ड सधैंका लागि प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको विराटनगर–७ स्थित बाल मन्दिरका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले जानकारी दिए । महानगरले यसअघि लोकनृत्य प्रतियोगिता र वृहत विज्ञान प्रदर्शनी सम्पन्न गरिसकेको छ ।
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares