७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

आईजीपीसहित नौ प्रहरी अधिकारीले अवकाश पाउँदै

द नेप्लिज संवाददाता
२ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– आईजीपी वसन्तबहादुर कुँवरलगायत नेपाल प्रहरीका नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । कुवँरले अवकाश पाउन दुई दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीका लागि नयाँ आईजीपी निर्धारण गरेको छैन ।  

आईजीपी कुँवरसहित पाँच एआईजी तथा तीन डीआईजीले ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् । एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह , कुवेर कडायत र जनक भट्टराईले अवकाश पाउँदैछन् ।  डीआईजीजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दको पनि ४ चैतदेखि अवकाश जीवन सुरु हुँदै छ । 

आईजीपीसहित उच्च अधिकारीको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ  । तर, बिदाइ गर्ने उत्तराधिकारी भने चयन हुन सकेको छैन ।  कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन  एआईजी प्रहरीको ३१औँ को मुख्य दाबेदार आईजीपी छन् । यसमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । उनीहरू ०५२ साल भदौ १८ मा निरीक्षकमा नियुक्त भएका थिए । 

अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आईजीपी हुनेछन् ।  टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना छ । यसअघि पनि सरकारले अन्तिम दिन मात्र आईजीपीको निर्णय गरेको थियो । समयमै निर्णय नहुँदा आर्ईजीपी पदको नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुन्छ । 

एउटै ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा 

२०५१ साल चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएको प्रहरीको १०८ नम्बर ब्याच भाग्यमानी बनेको छ । यो ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा पुगेका छन् । त्यसबेला सरकारले सय जना निरीक्षकको विज्ञापन खुलाएकोमा पहिलो लटमा ५२ जनालाई नियुक्ति दिएको थियो । 

तीमध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिएको थियो । भर्ना भएका ५२ मध्ये १६ जना विशिष्ट श्रेणीमा पुगेका छन् । नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका आठ दरबन्दी भए पनि सुरुमा बढुवा भएकाहरूले ५६ वर्षे उमेरहदका कारण अवकाश पाएपछि धेरैले अवसर पाएका हुन् । 

केहीको हकमा भने अर्कालाई राजीनामा दिन लगाएर विधा बढाउन केही दिनका लागि मात्र पनि सरकारले एआईजीमा बढुवा गरेको थियो । यो ब्याचबाट एआईजी हुनेहरु टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई हुन् । उनीहरूमध्ये टेकप्रसाद, बुद्धिराज, दुर्गा, कुवेर र जनक हाल पदमा छन् ।   यो ब्याचबाट सात जना डीआईजी  तथा एक जना एसएसपीसम्म भएका छन् ।

प्रकाशित : २ चैत २०८१, शनिबार 13:30

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved