विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका छन् ।
आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको छ । कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गरी पराजुलीको विदाई गरेका हुन् । कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र पराजुलीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
अवकाश प्राप्त पराजुलीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिए । ‘जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक छ,’ उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर नभए विकासले गति लिन सक्दैन ।’ मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।
महानगरको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललाई दिइएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares