विराटनगर– सञ्चालन अनुमति नलिएको र कागजपत्र चुस्त नदेखिएको बर्दिबासका पाँच अस्पताल मधेश प्रदेश सरकाले बन्द गराएको छ । अनुगमनका क्रममा गैरकानुनी ढंगले सञ्चालन भइरहेको देखिएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा ती अस्पताल शनिबारदेखि बन्द गराइएका हुन् ।
बर्दिवास–१ को बजार क्षेत्रका पिनाकल हस्पिटल, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि र खोमुसरा डेन्टल क्लिनिक प्रालिमा ताल्चा लगाइएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार बर्दिबासका आठ अस्पताल अनुगमन गरेका थिए ।
बन्द गरिएका अस्पताललाई कानुनी प्रक्रिया पूरा पछि अनुमति लिएर मात्र सञ्चालन गर्न सिंहले निर्देशन दिएका छन् । अनुगमन गरिएका अन्य जनसेवा हस्पिटल प्रालि, डीएबी मेडिकेयर सेन्टर र महेन्द्र डेन्टल क्लिनिक प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न सिंहले निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले भनेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares