विराटनगर– नेकपा माओवादी केन्द्र विराटनगर महानगर समिति नयाँ नेतृत्व चयनका लागि दाेस्राे सम्मेलन बैसाख ७ गते गर्न लागेकाे छ । सम्मेलनकाे उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल गर्ने आयाेजकले जनाएकाे छ ।
अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव, सह-सचिव र काेषाध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक सर्वसम्मत चयन भएकाे माओवादी केन्द्रका महानगर अध्यक्ष नवीन पाैडेलले बताएका छन् ।
कार्यसमितिमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिलालगायत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएकाे उनले बताएका हुन् । नयाँ नेतृत्व चयनका लागि प्रत्येक वडाबाट सदस्य चयन गर्ने र सदस्यहरूले पदाधिकारी चयन गर्ने उनकाे भनाइ थियाे ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares