विराटनगर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट कर्णाली प्रदेश अस्पतालमा ६ जनामा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णाली प्रदेशका दुई चिकित्सकलाई आफूहरुले फेलोसिपमा एक वर्षको कोर्स गर्न सहयोग गर्ने बताएका छन् । यस पछि प्रत्यारोपणका लागि काठमाडौँको जनशक्ति भर हुने स्थितिको अन्त्य हुने उनले बताए ।
उक्त प्रदेश अस्पतालले क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा प्रदान गरिरहेको छ । जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थपेको छ । मुटु रोग निदान उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको अस्पतालले जानकारी दिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares