विराटनगर– नेपाल विद्युत प्राधिकरणका वर्तमान र निवर्तमान कार्यकारी निर्देशकहरु हितेन्द्रदेव शाक्य र कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश शारंगा सुवेदीको इजलासमा आइतबार सुनुवाइका लागि पेश गरिएको रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार उपस्थित गराउन निर्देशन दिएको थियो । साथै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरिएको छ ।
गत बिहीबार दर्ता गरिएको रिटमा घिसिङले मन्त्रिपरिषद्को निर्णय बदर गर्दै आफूलाई पुनर्बहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । उता, शाक्यले गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै चार वर्षको पारिश्रमिक दाबी गरेका छन् । सरकारले चैत ११ मा कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares