विराटनगर– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेकाहरूलाई वार्तामा आउन भनेका छन् । राष्ट्रियसभा बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको बताए ।
उनले निर्माणमा देखिएका समस्यालाई वार्तामार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरू समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग पटक पटक वार्ता गरेको पनि जानकारी गराए । उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे ।
सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको कुरामा जोड दिँदै उनले भने, ‘सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० मा वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको छ । पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ मा पुनः आह्वान गरेको छ ।’ उनले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी पनि गरे ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares