विराटनगर– मोरङमा एक व्यक्तिको हत्या गरे पछि दुई युवक फरार हुन्छन् । फरार अवस्थामै जिल्ला अदालत मोरङले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उनीहरुलाई सजाय पनि तोक्छ तर उनीहरु फेला पर्दैनन् । फरार रहेकै बेला उनीहरुले दुई किशोरीसँग बलात्कार गर्छन् । पाप धुरीबाट कराउँछ भनेझैँ उनीहरु पक्राउ पर्छन्, अनि पुराना अपराधको पनि खाता खुल्छ ।
तीनै फरार युवकहरु मोरङको उर्लाबारी–५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र धनकुटाको चौबिसे–३ गढीगाउँका सनिश याक्खालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु माथि मोरङको उर्लाबारीका १४ वर्षका दुई किशोरीलाई बन्धक बनाएर यौनशोषण गरेको आरोप लागेको छ ।
दुवै किशोरीलाई तीनदेखि गढीगाउँकै सनिशको घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । किशोरीलाई विक र याक्खाले फकाएर धनकुटा पुर्याएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका विक र याक्खा बारे खोजबीन गर्दै जाँदा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत जेठ ९ मा मोरङ जिल्ला अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा याक्खालाई ८ वर्ष ६ दिन र विकलाई ६ वर्ष २ महिना ६ दिन कैद सजाय तोकेको खुलासा भएको छ । उनीहरुले मोरङका एक व्यक्तिको हत्या गरेको अदालतको फैसलामा उल्लेख छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares