उत्तराखण्डको चमोलीमा हिमपहिरो
विराटनगर– भारतको उत्तराखण्डस्थित चमोलीको माणामा शुक्रबार बिहान हिमपहिरोमा फसेका ५४ सडक निर्माण श्रमिकमध्ये आइतबार साँझ सम्म सम्म ४६ जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उत्तराखण्डको मुख्यमन्त्री पुष्कर सिंह धामीले बाँकी ८ जनालाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । उनीहरुको हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।
उद्धार गरिएका कामदारलाई उत्कृष्ट स्वास्थ्य सुविधा प्रदान गरिरहेको उनले बताए । उद्धार गरिएकामध्ये गंभीर घाइते ३ जनाको आर्मी चिकित्सालयमा उपचार भइरहेको छ सेनाले युद्ध स्तरमा लगातार ६० घण्टा राहत र बचाउको काम गरेको उनले बताए ।
बद्रीनाथ धाम अगाडि माणामा हिमनदी फुट्दा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । माणा र बद्रीनाथ बीचमा पर्ने बीआरओ लेबर क्याम्प हिम पहिरोको चपेटामा आएको हो । कामदारहरु फसेको थलो बद्रीनाथधामबाट ५२ किलोमिटर उत्तरमा रहेको माणा पासमा पर्छ ।
चमोली जिल्लाका मजिस्ट्रेट सन्दीप तिवारीले मिडियालाई माणा गाउँ र माणा पास बीचको सीमा सडक नजिकै हिमपहिरो गएको रिपोर्ट आएको बताएका थिए ।
घटना लगतै सेनाको स्विफ्ट रेसपोन्स टिम ‘आईबेक्स बिग्रेड’ का सयभन्दा बढी जवानलाई डक्टर, एम्बुलेन्स र अन्य उपकरण सहित खटाइएको थियो । । यो टोली शुक्रबार बिहान ११ बजेर ५० मिनेटदेखि उद्धारमा लागेका थिए । । उद्धार गरिएकामध्ये केहीको अवस्था गंभीर छ । तिवारीले भारत–तिब्बत सीमा पुलिस(आईटीबीपी), सेना राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बल पनि उद्धारमा खटिएको बताएका छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताविश्व/प्रवास
No related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares