विराटनगर– सुनसरीमा सोमबार दिउँसो आगलागी हुँदा २६ घर टहरा जलेर नष्ट भएको छ । मुस्लिम बहुल हरिनगर–५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारको २६ वटा बसोबास स्थल जलेका हुन् ।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार आगलागीमा ३१ लाख बराबरको क्षति भएको छ । हरिनगर–५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जलेको हो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares