विराटनगर– सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणलाई ठगेको आरोपमा धनुषा, सर्लाही र महोत्तरीका सात युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनुषाधाम–१ का २३ वर्षीय सुरज साह,२० वर्षीय राम कुमार महरा, क्षिरेश्वरनाथ–२ का २२ वर्षीय श्याम सुन्दर महरा, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला–२ का १९ वर्षीय अमित साह छन्।
उनीहरूको साथबाट बरामद गरिएको मोबाइलबाट विभिन्न बैंक, वित्तीय संस्था तथा वालेट आईडीहरू समेत गरी १८७ वटा खाताहरूको विवरण फेला परेको छ। उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुलेको छ।
सामाजिक सञ्जालमार्फत मोबाइल, लत्ताकपडा लगायतका सामग्रीहरू सस्तोमा दिने भन्दै सर्वसाधारणलाई विश्वासमा पारेर ठगिरहेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेका थिए। सामाजिक सञ्जालमा पोस्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारणले सामान खरिद गर्ने भनी सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने भन्दै रकम पठाउन लगाउने गरेका थिए।
साथै सर्वसाधारणको नाममा बैंक, वित्तीय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाइ सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाउने गरेको खुलेको छ। उनीहरू विरुद्ध ठगी कसूरमा धनुषा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares