विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले तीन दिने सामाजिक लेखा परीक्षण कार्यशाला वुधवारदेखि विराटनगरमा शुरू गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त कार्यशालामा विभिन्न आठ वटा क्याम्पसका ५१ जना विद्यार्थी सहभागी छन् ।
कार्यशालामा पथरी बहुमुखी क्याम्पस, उर्लाबारी बहुमुखी क्याम्पस, धरान मोडल कलेज, जनता बहुमुखी क्याम्पस इटहरी, इटहरी नमूना कलेज, सुकुना बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र आयोजन जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी छन् ।
कार्यशालाको उद्घाटनपछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु कुमार थपलियाले लेखा परीक्षणको जति महत्व छ त्यत्तिकै महत्व सामाजिक लेखा परीक्षणको रहेको बताएका छन् । सन् २००५ देखि शिक्षा क्षेत्रमा र सन् २००८ देखि स्वास्थ्य क्षेत्रमा सामाजिक परीक्षणको प्रचलन शुरू भएको प्रसङ्ग उल्लेख गर्दै हरेक क्रियाकलापले सामाजिक प्रभाव पार्ने र त्यस्तो सामाजिक प्रभावको परीक्षण गर्नुपर्ने भन्दै उपकुलपति थपलियाले सामाजिक परीक्षणको सीपले विद्यार्थीहरूको भविष्यलाई धेरै सहयोग गर्ने दाबी गरेका हुन् ।
कला संकायका डीन राम ढकाल, जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप दिने उद्देश्यले सामाजिक लेखा परीक्षणको कार्यशाला सञ्चालन गरेको जानकारी दिएका छन् । आजको सत्रमा डाक्टर कृष्ण प्रसाद पाण्डे र डाक्टर चन्द्र उपाध्यायले प्रशिक्षण दिएका हुन् । कार्यशालामा डा. रमेश वावु काफ्ले, डा. कोमल दुलाल, डा. कृष्ण प्रसाद पाण्डे, चन्द्र उपाध्याय लगायतले प्रशिक्षण दिने क्याम्पस प्रमुख निरौलाले जानकारी दिएका छन् ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares