विराटनगर– युवाहरुको एक समूहले इन्फर्मेटिक्स कन्सल्टेन्सीको सेवा विराटनगरमा भित्र्याएको छ । कन्सल्टेन्सीले अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त विश्वविद्यालयहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विगत ३० वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको हो ।
इन्फर्मेटिक्स कन्सल्टेन्सी प्रालि विराटनगरका प्रबन्ध निर्देशक सबिन दाहालले शुक्रबारदेखि इन्फर्मेटिक्स कन्सल्टेन्सी काठमाडौंका प्रबन्ध निर्देशक ज्ञानेन्द्रमान जोशी, पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकलगायतको उपस्थिति विराटनगरस्थित संसारीमाई मन्दिर अगाडीको भवनमा औपचारिक रुपमा परामर्श सेवा सुरु भएको बताएका छन् । उनले शैक्षिक परामर्श सेवासँगै विभिन्न भाषको समेत प्रशिक्षण सञ्चालन गरेको बताएका हुन् ।
‘यस क्षेत्रका विदेश पढ्न जाने इच्छुक विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्राप्त गर्न अब काठमाडौं धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘अब विराटनगरमा नै हामीले संसारको जुनसुकै देशमा अध्ययनका लागि जान चााहने विद्यार्थीका लागि उचित शैक्षिक परामर्शका साथै भाषा प्रशिक्षण सेवा सुर गरेका छौं ।’ इन्फर्मेटिक्स विराटनगरका निर्देशकमा कृतिसा काफ्ले र सन्तोष दाहाल रहेको उनले बताए ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares