५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

अमेरिकाको कडा सन्देश : सहसचिव भट्टराई र श्रीमतीको भिसा खारेज

१४ जेठ २०८२, बुधबार

विराटनगर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली नागरिकलाई भिजिट भिसामा विदेश पठाउने क्रममा रकम असुली गरेको आरोपमा अनुसन्धानमा परेका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) को नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ।

विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत भट्टराईलाई  गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले नेपालस्थित आफ्नो दूतावासमार्फत भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा पठाएको स्रोतले जनाएको छ।

‘अध्यागमन कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको उच्च अधिकारी नै आर्थिक लेनदेनमा संलग्न भइ भिजिट भिसाको दुरुपयोगमा मुछिएको विषयलाई अमेरिकाले गम्भीर रूपमा लिएको छ,’ स्रोतले भन्यो, ‘यो केवल नेपालको आन्तरिक विषय होइन, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरिने अपराधलाई विश्व समुदायले कस्तो रूपमा लिन्छ भन्ने उदाहरण पनि बनेको छ।’

यसअघि पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आपराधिक गिरोहमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे र गृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत संलग्न रहेको खुल्न आएको थियो। यस प्रकरणपछि अमेरिका नेपाली अधिकारीहरूको भूमिकाप्रति चासो राख्दै आएको थियो।

#भिसा #रद्द

 

प्रकाशित : १४ जेठ २०८२, बुधबार 07:14

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved