विराटनगर- नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापन र शेखर काेइराला समूहबीच विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिहीबार झडप भएको छ ।
काेइराला पक्षका नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साहलाई संस्थापन पक्षका विद्यार्थीहरूले कुटपिट गरेकाे प्रत्यक्षदर्शीले बताए । पाेखरेलको नोबेल अस्पतालमा उपचार भइरहेको छ भने साहलाई सामान्य चाेट लागेकाे हाे ।
नेविसंघकाे क्याम्पस इकाइ समिति गठनकाे विषयमा भएकाे विवादमा कुटपिट भएकाे प्रत्यक्षदर्शी विद्यार्थीकाे भनाइ छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा समेत छलफल गर्न गएका बेला पोखरेल र साहमाथि हातपात भएको छ ।
संस्स्वथापन पक्षका स्ववियू सभापति जसवन्त पौडेल, स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको उनकाे भनाइ छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares