काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएको अनियमितता प्रकरणमा गृह मन्त्रालयको नेतृत्व संलग्न रहेको भनी सार्वजनिक भएका समाचारप्रति मन्त्रालयले खण्डन गर्दै ती समाचार निराधार भएको स्पष्ट पारेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत सो प्रकरणको छानबिन भइरहेको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, 'आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।'
गृह मन्त्रालयले पछिल्लो समय केही पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत अध्यागमन कार्यालयको घटनामा मन्त्रालय नेतृत्वको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। 'यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित तथा प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य क्रियाकलापमा आफ्नो नेतृत्वको संलग्नता नरहेको र भविष्यमा पनि नहुने स्पष्ट गर्दै यस्ता संवेदनशील विषयमा सत्य र तथ्यमा आधारित मात्र सामग्री प्रकाशन-प्रसारण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ।
साथै गृह मन्त्रालयले अनियमितता र अपराधका घटनाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई सुधार गर्न नीतिगत तथा संस्थागत परिवर्तनको काम अघि बढाइएको जानकारीसमेत दिएको छ।
#गृह#विज्ञप्ति
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares