विराटनगर– नेपाली कांग्रेस मोरङले महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका संस्थापन र कोइराला समूहबीच भएको झडपको घटनाका दोष्ीमाथि कारवाहीको माग गरेको छ ।
कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीले जारी गरेको विज्ञप्तीमा नजिकिँदै गरेको स्ववियू निर्वाचनको विषयमा छलफल गर्न गएको बेला नेविसंघ मोरङ सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वासलाई हातहतियारसहित आएर निर्घात कुटपिट गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको उल्लेख छ ।
नेविसंघको क्याम्पस इकाइ समिति गठन र आसन्न स्ववियु निर्वाचनको भागबन्डाको छलफलमा भएको विवादमा सभापति पेखरेल सचिव साह र केन्द्रीय सदस्य विश्वासमाथि कुटपिट भएको थियो । पोखरेलको नोबेल अस्पतालमा उपचार गराएका छन् भने साह र केन्द्रीय सदस्य विश्वासलाई सामान्य चोट लागेको थियो ।
संस्स्वथापन पक्षका स्ववियू सभापति जसवन्त पौडेल, स्ववियु सचिव सनिम ठकुरी, प्रशान्त यादव, दिपक यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares