विराटनगर– राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ । समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।
विराट राजवंशीको पहिरन, संस्कृति, संस्कार उजागर गर्नुका साथै आपसी प्रेम, सद्भाव, मिलन, एकताका लागि फाल्गुन ६ गते १८ औं वृहत भेला विराटनगरस्थित हिमाल रोडमा गर्ने भेला आयोजक समितिका संयोजक बसन्त राजवंशीले बताएका छन् । उनले फाल्गुन ३ गते मोटरसाइकल र्याली प्रदर्शन गरेर ६ गते वृहत भेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
समितिका अध्यक्ष भुवनेश्वर राजवंशीले पुस्तौं पुस्तादेखि यस क्षेत्रमा बसोबास गर्दै आएका विराट राजवंशीलाई सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत नगरेर अन्याय गरेको गुनासो पोखे । ‘महाभाारकालिन विराट राजाका सन्तति हामीलाई प्रतिष्ठानमा सरकारले सूचिकृत नगरी किन विभेद गर्न खोजेको गम्भीर प्रश्न हो,’ उनले भने, ‘हामी यस क्षेत्रका मूल आदिवासी हुँदाहुँदै पनि प्रतिष्ठानमा सूचिकृत गर्न अझै बिलम्ब नगर्न सरकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
अध्यक्ष राजवंशीले पत्रकार सम्मेलनमार्फत ७ बुंदे माग अघि सारेको छ । प्रतिष्ठानमा विराट राजवंशीलाई छुट्टै सूचिकृत गर, राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित, कोशी प्रदेशसभामा विराट राजवंशी समुदायको समानुपातिक सांसदमा प्रतिनिधित्व, विराटनगरको पहिलो जाति राजवंशीलाई घोषणा, विराट राजवंशीको प्रमुख बसोबास रहेको पालिकाहरु विराटनगर, कटहरी, जहदा, बुढीगंगा, र ग्रामथान क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद गठन र भेडियारीस्थित विराट राजाको दरबार क्षेत्र संरक्षण तथा सम्बर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकासको माग अध्यक्ष राजवंशीले गरेको छ ।
विराट राजवंशीको माग पूरा नभए अनशन, जुलुस, चक्काजाम, विराटनगर प्रवेशमा रोकलगायतका आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका हुन् । कोशी प्रदेशमा मूल बसोबास रहेको राजवंशी समुदायमध्ये विराट राजवंशीको विराटनगरलगायत वरिपरिका पालिकामा मात्रै बसोबास रहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares