५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

सगरमाथाको चुचुरोमा डोरी टाँगियो, सुरु भयो यो वर्षको आरोहण याम

द नेप्लिज संवाददाता
२६ वैशाख २०८२, शुक्रबार

विराटनगर — सगरमाथा आरोहणको यो वर्षको याम औपचारिक रूपमा सुरु भएको छ। आरोहणको तयारीस्वरूप डोरी टाँग्ने कार्य सम्पन्न गर्दै शुक्रबार बेलुकी ५ बजे सात जना शेर्पा सगरमाथाको शिखरमा पुगेका छन्।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएको टोलीले सफलतापूर्वक शिखरसम्म डोरी (रोप) टाँगेर मार्ग खुला गरेको हो।शेर्पा टोलीको नेतृत्व अशोक लामाले गरेका थिए।

टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा सहभागी थिए।‘अब डोरी टाँग्ने कार्य सम्पन्न भइसकेकाले मौसम अनुकूल भएमा अन्य आरोहीहरू पनि सगरमाथा शिखरतर्फ अघि बढ्नेछन्,’ निर्देशक अवस्थीले भने ।
 

प्रकाशित : २६ वैशाख २०८२, शुक्रबार 21:42

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved