विराटनगर– विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन र सर्वाङ्गिण विकासका लागि आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ ।
प्रतियोगितामा महानगरपालिकाको ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरियाले उपाधि हात पारेको हो । पोखरिया माविले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच सम्पन्न प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय स्थान ल्याउँदै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै, सत्यनारायण मावि तृतीय हुँदै १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र बाल मावि रानीले ६ हजार नगद सान्त्वना पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरणपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यार्थीको बौद्धिक विकासमा हाजिरजवाफ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘पाठ्यक्रम अनुसारको किताबी ज्ञानसँगै अन्य क्षेत्रका चौतर्फी ज्ञान प्राप्त गर्न हाजिरीजवाफ आवश्यक छ,’ उनले भने, ‘किताबी ज्ञानसँगै प्रविधिमैत्री र सीपयुक्त शिक्षालाई महानगरले उच्च प्राथमिकतामा राखेर कार्य अघि बढाएको र त्यसले छिट्टै परिणाम देखाउने विश्वास छ ।’
महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, पोखरिया माविका प्रधानाध्पापक खेमराज भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यसैबीच प्राथमिक तह कक्षा १ देखि ५ सम्मका सामुदायिक र संस्थागत गरी १६ विद्यालयबीच पनि छुट्टै हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ग्रिनल्याण्ड इङ्लिस स्कुल प्रथम, अर्पण इङ्लिस स्कुल द्वितीय एभरेष्ट इङ्लिस स्कुल तृतीय र बाल मन्दिर विद्या मन्दिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको आयोजक विद्यालयका प्रअ भट्टराईले जानकारी दिए । विजेता विद्यालयहरुलाई क्रमशः २१ हजार, १५ हजार, १२ हजार र ६ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र महानगर प्रमुख कोइरालाले प्रदान गरे ।
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares