६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

देउवाको स्वागतमा राखिएका झन्डा हटाइए

द नेप्लिज संवाददाता
२५ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर- धनगढीमा  कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागतमा ठड्याइएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

सोमबारदेखि सुरु हुने कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्‍घाटन गर्न देउवासहितका नेताहरू धनगढी आउने भए पछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले ती झन्डा हटाएका छन् ।  ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत छन् । 

विधार्थीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीहरूले  केहीबेर सडक अवरूद्ध गरेका थिए ‌।

प्रकाशित : २५ फागुन २०८१, आइतबार 14:59
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved