विराटनगर– चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरमा भारतको फार्मेन्स क्रिकेट एकेडेमी पटना र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले पराजित गरेको हो ।
जुटमिल खेल मैदानमा आइतबार भएको पहिलो खेलमा पटनाका कुमार श्रेयले अविजित सतकीय पारी खेलेर टीमको जीत सुनिश्चित गराएको थियो । दल्लीले दिएको १६८ रनको लक्ष्य पटनाले बलमा दुई विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो । जितको नायक कुमार श्रेयले केवल ३७ बलमा १०८ रन बनाए । उनको आक्रामक ब्याटिङको कारण पटनाले दिल्लीलाई सहजै पराजित ग¥यो । कुमारको आक्रामक ब्याटिङमा दिल्लीका बलरहरू निरिह साबित भए । उत्कृष्ट प्रदर्शन गरेकोमा कुमार श्रेयलाई प्लेयर अफ द म्याच घोषित गरियो र उनले नगद तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
उनको साथमा पटनाका ओपनर अनुज रञ्जनले १७ बलमा २७ रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । रिशन राकेशले अविजित १३ बलमा १८ रन बनाए भने गोलु मिश्राले ७ बलमा १२ रनको योगदान दिए । दिल्लीका बलरहरूमध्ये साहिल अन्सारी र नितेश चौधरीले मात्र १–१ विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा अलआउट हुँदै १६७ रनको मध्यम योगफल बनायो । दिल्लीका रोहन महालदनले सर्वाधिक २० बलमा ४१ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । रोहन कुमारले २२ रन बनाए भने सुजित कुमारले २१ रनको योगदान दिए । आदर्श सिन्हाले १७ र लला आलमले १५ रन बनाए । दिल्लीका अन्य ब्याट्सम्यानहरू दोहोरो अंक जोड्न सकेनन् ।
पटनाका शशि आनन्दले ३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । उनले दिल्लीका महत्वपूर्ण ब्याट्सम्यानहरूलाई आउट गर्दै पटनाको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । रिसभ राकेश र नन्द किशोरले पनि २–२ विकेट लिएर दिल्लीको ब्याटिङ लाइनलाई कमजोर बनाउन सफल भए ।
दोस्रो खेलमा पूर्णियाले दिएको १२६ रनको लक्ष्य सिराहाले १३ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो । दिपेश पासवानको उत्कृष्ट ब्याटिङले सिरहाको जित सहज भयो । उनले अविजित १८ बलमा ४४ रनको योगदान दिए । उनले २ छक्का र ६ चौका प्रहार गरे । सिराहाका ओपनर ब्याट्सम्यान राकेश कामतले ३३ बलमा २१ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । विजय थक्राजले पनि अविजित १५ बलमा १६ रनको योगदान दिँदै टिमलाई जितसम्म पु¥याउन सहयोग गरे ।
पूर्णियाका बलरहरूमध्ये अमन अनिरले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चेर उत्कृष्ट बलिङ प्रदर्शन गरे । एमडीले भने १ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले १९ ओभर ५ बलमा अलआउट हुँदै १२५ रनको योगफल बनायो । पूर्णियाका रिजक कुमारले सर्वाधिक १७ बलमा २४ रन बनाए भने शाकुलेनले २२ बलमा २० रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरू चल्न सकेनन् । सिराहाका बलर फतेह सिद्धिकीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । चन्दन यादवले पनि उत्कृष्ट बलिङ गर्दै २३ बलमा २२ रन खर्चेर ३ विकेट लिए ।
सोमबारको खेल भारतको बिहार क्रिकेट क्लब र फारबिजगञ्जको मुन क्रिकेट क्लबबीच हुनेछ ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares