विराटनगर– लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका क्रिकेट प्रशिक तथा खेलाडी विजय कुमार शर्मालाई एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरेको छ ।
खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको भन्दै प्रतिष्ठानले क्रिकेटका प्रशिक्षक तथा खेलाडी शर्मालाई पुरस्कृत गरेको हो । शर्मा पाँच दशकभन्दा लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् ।
यस्तै, मुक्तक लेखनमा सक्रिय साहित्यकार राधा भट्टराईलाई नगद १० हजार १ सय राशिसहित पुरस्कृत गरिएको छ । शर्माका विभिन्न कृति प्रकाशित छन् । दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज न्यौपाने, साहित्यकार लक्ष्मी उप्रेती, गंगा सुवेदीलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
समारोहमा प्रमुख अतिथि न्यौपानेले उप्रेती परिवारले खेलकुद र साहित्य क्षेत्रका मुर्धन्य व्यक्तित्वका लागि पुरस्कारको व्यवस्था थरेर महत्वपूर्ण योगदान गरेको चर्चा गरे । ‘आमाको नाममा प्रतिष्ठान स्थापना गरेर विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्नु प्रशंनीय कार्य भएको हो,’ उनले भने ।
चेतना प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाकी अध्यक्ष सभिना पोखरेल उप्रेती, महासचिव दिङ्लाली कान्छो, सचिव मीनकुमार नवोदित, नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, साहित्यकार निर्मला कोइराला, प्रतिमा निरौलालगायतले पुरस्कृत व्यक्ति र प्रतिष्ठानकी संरक्षक अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले आमा जीवित छँदै छोराछोरीले प्रतिष्ठान स्थापना गरेर पुण्य कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
साहित्यकार उप्रेतीका छोरा संजय उप्रेती, छोरी सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष कुनै एक क्षेत्रका उल्लेखनीय कार्य गर्ने एकजना व्यक्तिलाई १ लाख एक हजार राशिसहित वर्षको उत्कृष्ट सम्मान र १० हजार १ सय राशिको साहित्यिकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार’ प्रदान गरिनेछ । गत वर्ष स्थापित प्रतिष्ठानले पुरस्कार भने यस वर्षदेखि वितरण गर्न सुरु गरेको हो । अझै रकम थपेर आगामी दिनमा कोषलाई वृद्धि गर्ने प्रतिष्ठानकी अध्यक्ष सभिना पोखरेल उप्रेतीले प्रतिबद्धता जनाइन् ।
खेलकुद
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares