२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

‘स्वस्थ्य शरीरका लागि नियमित योग आवश्यक’

द नेप्लिज संवाददाता
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताएका छन् । पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहमा प्रमुख कोइरालाले योगको माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राखेका हुन् । 

‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । त्यसका लागि योग गर्नु निकै महत्वपूर्ण छ,’ उनले भने, ‘विद्यालय तहदेखि नै योगका कक्षाहरु सञ्चालन गर्दा योग संस्कृतिको विकास हुन सक्छ ।’ प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा आमूल परिवर्तन आएको कोइरालाको भनाइ थियो । 

‘राति अबेरसम्म मोबाइल चलाउने र बिहान ढिलो उठ्नाले मान्छेलाई रोगी बनाइरहेको छ । बिहान छिट्टै उठेर नियमित योग गर्ने हो भने हतपत्ति रोगले आक्रमण गर्दैन भन्ने मलाई लाग्दछ ।’ उनले भने । 

पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति मोरङको समन्वयमा फागुन १६ गतेदेखि निःशुल्क योग शिविर सुरु भएको थियो । पाँचदिने योग शिविर मंगलबार सम्पन्न भएको हो । शिविर निकै नै फलदायी भएको समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले जानकारी दिइन् । 
 

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 16:06

थप समाचार

स्थानीय सरकार

हर्क साम्पाङको नयाँ राजनीतिक घोषणा : २०८४ मा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिन्छौँ

द नेप्लिज संवाददाता

चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल

द नेप्लिज संवाददाता

टेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

द नेप्लिज संवाददाता

विराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै

द नेप्लिज संवाददाता

कांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved