विराटनगर– ‘हिमनदी संरक्षण’ नाराका साथ आज विश्वभरि विभिन्न कार्यक्रम गर्दै ३२ औँ विश्व पानी दिवस मनाइँदै छ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाका अनियमित ढाँचा र अत्यधिक पानीको उपभोगजस्ता कारणले पानी संकट गहिरिँदै गएको छ । यो दिवसले यस्ता समस्याबारे जनचेतना फैलाउँदै दीर्घकालीन समाधानको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
जलवायु परिवर्तनले हिमनदी संकटमा
हालैका अनुसन्धानहरूले देखाएको छ कि जलवायु परिवर्तनको असरले विश्वभरका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । नेपालका ३ हजार २ सय ५२ हिमतालमध्ये धेरैजसो जोखिमपूर्ण अवस्थामा छन् । तिनको पग्लिने दर तीव्र भएकाले निम्न भूभागमा बाढी तथा पानी अभावजस्ता समस्या उत्पन्न भइरहेका छन् ।
संयुक्त राष्ट्रसंघले १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाउँदै आएको छ । यस अवसरमा विभिन्न राष्ट्रहरूले पानीको संरक्षण, व्यवस्थापन र उपयोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्छन् । सन् २०२५ को दिवसमा हिमनदी संरक्षणलाई प्राथमिकता दिइनुको प्रमुख कारण जलवायु परिवर्तनले हिमाली क्षेत्रका पानी स्रोतहरूमा पारेको गम्भीर असर हो ।
विश्वभरि पानीको अवस्था
संसारको कुल पानीको ९७.५ प्रतिशत समुद्रमा छ, जुन नुनिलो भएकाले पिउन, सिँचाइ वा विद्युत् उत्पादनका लागि उपयुक्त छैन । बाँकी २.५ प्रतिशत पानी मात्रै पिउनयोग्य छ जसमा हिमनदी, नदी, ताल तथा भूमिगत स्रोतहरू पर्छन् । वैज्ञानिकहरूको अनुमानअनुसार संसारभर करिब एक अर्ब मानिस स्वच्छ खानेपानी अभावको समस्यामा छन् ।
अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक व्यक्तिलाई वार्षिक रूपमा झन्डै नौ हजार घनमिटर पानी आवश्यक पर्छ । तर नेपालमा प्रति व्यक्ति तीन हजार ६ सय घनमिटर पानी प्रयोग गर्न सक्ने क्षमता रहे पनि हाल जम्मा ३९३.५ घनमिटर मात्र प्रयोग भइरहेको छ । यसको प्रमुख कारण भनेको दिगो व्यवस्थापनको अभाव हो ।
नेपालमा पानी व्यवस्थापनको चुनौती
नेपाल जलस्रोतमा धनी भए पनि यसको सही व्यवस्थापन नहुँदा लाखौँ नागरिकले स्वच्छ पानीको अभाव झेल्नुपरेको छ । जल स्रोतहरू संरक्षण गर्ने नीतिहरू प्रभावकारी रूपमा लागू नहुँदा हिमाली क्षेत्रमा रहेका झरना, मूल र साना नदीहरू सुकेका छन् । भूमिगत पानीको अत्यधिक दोहन र पुनर्भरणमा ध्यान नदिइनु अर्को समस्या बनेको छ । सरकारले पानी र ऊर्जाबीचको सम्बन्धबारे जनचेतना फैलाउन, जल उपयोग नीतिमा बहस गर्न तथा सम्बन्धित निकायहरूलाई सहकार्यका लागि प्रेरित गर्न साताव्यापी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
समाधानको उपाय के ?
विशेषज्ञहरूका अनुसार पानी व्यवस्थापनको दिगो नीति अवलम्बन गर्न, हिमनदी संरक्षणमा प्रविधिको प्रयोग बढाउन, वर्षाको पानी संकलनलाई प्राथमिकता दिन तथा जल स्रोतहरूको पुनर्भरणमा ध्यान दिनु जरुरी छ । विश्व पानी दिवसले दीर्घकालीन नीति निर्माणका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ । अब नेपालले जल स्रोत व्यवस्थापनलाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि सुरक्षित रणनीति अपनाउन आवश्यक देखिन्छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares