विराटनगर– महाशिवरात्रि महोत्सवमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी ल्याइएको छ ।
मेलम्ची खानेपानी विकास समितिको अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब १ हजार लिटर बगाइएको हो । अन्य दिन पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेको समितिले जनाएको छ । समितिका अनुसार आयोजनाको क्षमता १७ करोड लिटर भनिए पनि अहिले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याइँदैछ ।
बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले धाप ड्यामको पानी बागमतीमा नदीमा बगाएको थियो । ड्याममा वर्षाको बेलाको पानी जम्मा गर्ने र हिउँदकमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले बागमतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares