विराटनगर– कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि ल्याएको बजेट प्रदेशसभाबाट शुक्रबार पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट पारितका लागि गरेको प्रस्ताव बहुमत ध्वनी मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा र प्रतिपक्षी दल नेकपा (एकिकृत समाजवादी) की प्रदेश सांसद खिनु लङ्वा लिम्बूले प्रदेशसभामा पेश गरेको बजेटमा खर्च कटौतीसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री मगरले आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि प्रदेशसभामा असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए ।
चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजिगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको बताएका हुन् । कूल विनियोजन बजेटमा स्थानीय तहलाई वितीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १०, समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाकी ३ अर्ब १३ करोड नगद मौजदातबाट व्यहोरिनेछ ।
यो बजेट आउँदो साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares