विगतका दशकमा स्वास्थ्य सेवाको सिमित उपलब्धता तथा अर्थ अभावले गर्दा सबैको पहुँचमा थिएन् । सामान्य रोगको उपचारको लागि काठमाडौं वा भारत धाउनु पर्ने परिस्थिति थियो । अब भने परिवेश बदलिएको छ । अहिलेको अवस्थामा यी सब विद्यमान समस्याहरुलाई छिचोलेर कोशी प्रदेश स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी स्थानमा पुग्न सफल भएको छ ।
विश्वको सर्वोच्य शिखर सगरमाथादेखि नेपालकै होचो भाग केचनाकवल सम्म विशेष भौगोलिक विशेषता भएको प्रदेश हो, कोशी । पौराणिक कालदेखि नै चर्चामा रहँदै आएको कोशी प्रदेशमा औद्योगिक, पर्यटकीय, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिका महत्वपूर्ण अवसरहरु उपलब्ध छन् ।
स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो धन हो । स्वास्थ्य भनेको रोग तथा दुर्बलतावाट मुक्त हुनु मात्र नभइ शारीरिक, मानसिक तथा सामाजिक रुपमा तन्दुरुस्त रहनु पनि हो । तुलनात्मक रुपमा स्वास्थ्य प्रति मानिसको जागरुकता तथा सर्तकता बढिरहेको छ । यसले औषत आयुमा पनि बढोत्तरी भएको छ ।
विगतका दशकमा स्वास्थ्य सेवाको सिमित उपलब्धता तथा अर्थ अभावले गर्दा सबैको पहुँचमा थिएन् । सामान्य रोगको उपचारको लागि काठमाडौं वा भारत धाउनु पर्ने परिस्थिति थियो । अब भने परिवेश बदलिएको छ । अहिलेको अवस्थामा यी सब विद्यमान समस्याहरुलाई छिचोलेर कोशी प्रदेश स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी स्थानमा पुग्न सफल भएको छ ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल, बी एण्ड सी मेडिकल कलेज शिक्षण अस्पताल तथा पूर्वाञ्चल विश्वविद्यालय स्कूल आफ हेल्थ साइन्स जस्ता उच्चस्तरीय अस्पतालहरु प्रदेशको मल्टिस्पेसियालिटि सेवा प्रदायक अस्पतालको रुपमा पहिचान बनाउन सफल छन् ।
वर्तमान समयको अति व्यस्त दिनचर्या, खराब खानपान तथा वातावरणको प्रतिकुल प्रभावका कारण मानव स्वास्थ्यमा विझिन्न समस्या एवं संक्रमणका देखिने त्रम बढिरहेको छ । मुटु, फोक्सो, मिर्गौला, टाउको लगायतका महत्वपूर्ण अंगहरुमा असर पुगेकाको लागि सघन उपचारको आवश्यकता पर्छ । यी स्वास्थ्य संकटमा तुरुन्त उचित उपचार गरिएन भने मृत्यु समेत हुनसक्छ ।
सघन उपचार कक्षमा विभिन्न प्रविधिको प्रयोग गरेर औषधिको माध्यमबाट सिकिस्तको संक्रमण नियन्त्रण गर्ने र खराब भएका अंगलाई सपोर्ट दिएर निको पार्ने प्रयास गरिन्छ । यस्ता सेवाहरु सहज, सरल, कम खर्चमा गुणस्तरीय रुपमा कोशी प्रदेशमा उपलब्ध हुन थालेको छ ।
संविधानको धारा ३५ मा हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी व्यवस्था गरिएको छ । यो कार्यलाई सफल बनाउन सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेशमा शिक्षण अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, आँखा अस्पताल, हेल्थ पोष्ट मार्फत करीब ६० वटा सेवा प्रदायक संस्थावाट सहुलियत रुपमा स्वास्थ्य सेवा लिने व्यवस्था छ ।
विपन्न नागरिकको उपचारको लागि १५ वटा अस्पतालहरु मार्फत सेवा दिइदैंछ छ । क्षयरोगीको उपचारको लागि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, विराटगरले आवासिय सुविधा सहितको निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ । आँखा स्वास्थ्य सेवाले कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ । काँकडभिट्टा, बिर्तामोड, धरान, धनकुटा, गाईघाट, इटहरी, इनरुवा र विराटनगरमा करीब २ दर्जन आाखा सेवा प्रदायक अस्पतालहरु छन् । जसले देशका कुनाकाप्चाका साथै भारत, भुटान तथा बंगलादेशका सेवाग्राहीलाई कोशी प्रदेशमा आँखा उपचारको लागि भित्रयाउन सफल छ ।
आँखा उपचारका लागि आमजनताको बुझाइमा पहिला आउने नाम हो विराटनगर आँखा अस्पताल । डेढ दशक अगाडि स्थापित यो अस्पतालले यति धेरै चर्चा बटुल्ला भन्ने कसैले सोचको थिएन । बर्सेनि ७ लाखको हाराहारीमा आँखा परीक्षण तथा ७० हजारभन्दा बढी बिरामको सल्यक्रिया, १० प्रकारका आँखा भित्रका विभिन्न सबस्पेसियालिटि सेवाहरु दिइरहेको छ । यो अस्पतालले शिक्षण सेवा मार्फत एमडी आप्थाल्मोलोजी लगायत विभिन्न शिक्षण तथा फेलोसिप कोर्सहरु सञ्चालन गर्दैछ ।
कोशी प्रदेशमा एलोप्याथी तथा होम्योप्याथी सेवा प्रदायकहरु पनि उत्तिकै चर्चित छन् । आयूर्वेद तथा वैकल्पिक चिकित्सा सेवाहरुलाई वैज्ञानिक, प्रभावकारी र सर्वसुलभ बनाइ आयुर्वेद लगायत अन्य चिकित्सा पद्धतिमार्फत गुणस्तरीय सेवा कोशी आयुर्वेद विज्ञान प्रतिष्ठान तथा लखनपुर प्रादेशिक आयूर्वेद अस्पतालबाट प्रदान गरिंदैछ ।
यसरी सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र जसले क्लिनिक, अस्पताल, सुपरस्पेसियालिटि अस्पताल, यूनिभर्सिटि तथा रिसर्च सेन्टर रुपी चेन तयार पारेका छन् । कोशी प्रदेशले उपचार गनतव्यको रुपमा विदेश सम्म पहिचान बनाउन सकेको छ ।
(लेखक, विराटनगर आँखा अस्पतालका प्रबन्धक हुन्)
स्वास्थ्य
विचार/अन्तर्वार्ता
५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares