विराटनगर– कोशी प्रदेशको कार्यस्म्पादन खस्किदो अवस्थामा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रादेशिक कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेश दोस्रो स्थानमा झरेको छ । यसअघि कार्यसम्पादन मूल्यांकनमा कोशी पहिलो स्थानमा रहँदै आएको थियो ।
आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम पहिलो र मधेस प्रदेश अन्तिम स्थानमा रहेको छ । यसअघि पाँचौं स्थानमा रहेको सुदूरपश्चिमले ५१.६ प्रतिशत अंक ल्याएर पहिलो स्थान सुरक्षित गरेको छ भने मधेस प्रदेश ३० अंक प्राप्त गर्दै अन्तिममा रहेको हो ।
आयोगले विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलगायतका सूचकहरूका आधारमा मूल्याङ्कन गरी प्राप्त अंकको आधारमा श्रेणी निर्धारण गर्दै आएको छ । बागमतीले ४५.६ अंक ल्याएर तेस्रो, कर्णालीले ४१.६ अंकका साथ चौंथो, गण्डकीले ४०.८ अंक ल्याएर पाँचौं र ३०.९ अंकसहित लुम्बिनी प्रदेश छैठौंँ स्थानमा रहेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश
समस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख खर्चिदै कोशी सरकार
द नेप्लिज संवाददाताप्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातानेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददातालाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य
द नेप्लिज संवाददाताकोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares