४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

वक्तृत्वकलामा आदर्श र प्रस्तुतीकरणमा इटहरी नमूना कलेज विजयी

द नेप्लिज संवाददाता
२५ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस सामाजिक कार्य विभागले सोमबार आयोजना गरेको ‘लागूपदार्थ दुव्र्यसन न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयकी मुस्कान पन्त र प्रस्तुतीकरणमा इटहरी नमूना कलेज प्रथम भएको छ । 

विभागले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच लागूपदार्थ दुव्र्यसन न्यूनिकरणमा युवाहरूको भूमिका विषयमा वक्तृत्वकला र सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विभिन्न विषयमा प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरेको थियोे । वक्तृत्वकलामा सत्यनारायण माध्यमिक विद्यालयका युमिसा गौतम द्वीतिय र शिवानी राउत तृतिय भएका छन् । सान्त्वना पुरस्कार एभरेष्ट बोर्डिङ स्कूलका इशल भट्टराईले जितेका छन् । 

यस्तै, प्रस्तुतीकरणमा इटहरी नमूना कलेजका प्रतिक कट्टेल, मन्जिला सुवेदी र आयशा पराजुलीको समूह प्रथम भएको हो । उनीहरुले “सामाजिक कार्यलाई व्यवसायीकरण गर्न प्रयोगात्मक सीपको महत्व” विषयम प्रस्तुतीकरण गरेको थियो । जनता आदर्श बहुमुखी क्याम्पसका प्रजल कार्की र सुनैना खड्काको समूह द्वीतिय भएको छ । यो समूहले “विद्यालमा विद्यार्थीहरूमा पर्ने मनोसामाजिक समस्या न्यूनिकरण गर्न स्कूल सोसल वर्कको आवश्यता” विषयमा प्रस्तुतीकरण गरेको थियो । पथरी बहुमुखी क्याम्पसका आशा राई, प्रतिक भट्टराई र गोमा धमलाको समूह तृतिय भएको छ । यो समूहले “समाजिक तथा संरचनात्मक लैङ्गिक विभेदमा समाजिक कार्यको भूमिका” विषयमा प्रस्तुतकरण गरेको थियो ।

प्रस्तुतीकरण प्रतियोगितामा जनता आदर्श बहुमुखी क्याम्पस विराटनगर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, इटहरी नमूना कलेज इटहरी, धरान मोडेल कलेज धरान, पथरी बहुमुखी क्याम्पस पथरी, उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए । प्रस्तुतीकरणमा तीन जनासम्मको समूहले भाग लिएका थिए भने एउटा क्याम्पसबाट दुई वटा समूहले भाग लिन पाउने व्यवस्था थियो ।

त्यस्तै वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालय विराटनगर, अर्किड माध्यमिक विद्यालय विराटनगर, आदर्श माध्यमिक विद्यालय विराटनगर, सत्यनारायण माध्यमिक विद्यालय विराटनगर, अरनिको आवाशिय माध्यमिक विद्यालय विराटनगर र कान्तिपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । एउटा विद्यालयबाट दुई जना विद्यार्थीहरू सहभागी भएका थिए । 

विजयी विद्यार्थीहरूलाई क्याम्पस प्रमुख महेशप्रसाद निरौला, पूर्व क्याम्पस प्रमुख डाक्टर रमेश वाबु काफ्ले, पूर्व डीन डाक्टर कृष्णप्रसाद पाण्डे र सह–डीन दिप्ती सुब्बाले प्रमाणपत्र एवम् पुरस्कार वितरण गरेका थिए । 

प्रकाशित : २५ चैत २०८१, सोमबार 19:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved