४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्रधानमन्त्री कप–२०८१ छनोट : झापा र सुनसरी विजयी

द नेप्लिज संवाददाता
२१ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर  । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा भइरहेको प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा बुधबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई  ६ विकेटले पराजित गरेको छ । जित पछि झापाले ३ खेलमध्ये २ मा जित निकाल्दै ४ अंककासाथ तेस्रो स्थानमा पुगेको छ भने इलाम ४ मध्ये एक खेलमा मात्रै जिते र २ अंक प्राप्त गरेको छ । इलामा अंकतालिकाको चौथो स्थानमा छ । 

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय १४ रनको योगफल तयार पारेको थियो । इलामकालागि लव कामतले २७ रन बनाउँदा गौतम राईले २४ रनको योगदान दिए । झापा का प्लेयर अफ द म्याच  विपिनकुमार महतोले ३ विकेट लिँदा ज्ञानबहादुर श्रेष्ठले पनि समान ३ विकेट लिए ।

१ सय १५ रनको लक्ष्य पछ्याएको झापालले ३८ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाका समिर कार्कीले अविजित ३२ रन बनाउँदा अमन गोयलले २८ रनको योगदान दिए । इलामका गौरभ भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले १–१ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले घरेलु टोली मोरङलाई ४६ रनले पराजित गरेको छ । अहिलेसम्मका सबै खेल जितेका सुनसरी ६ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मोरङ ३ खेलमध्ये २ मा जित निकाल्दै ४ अंकका साथ दोस्रोमा झरेको छ । 

सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनको योगफल बनायो । सुनसरीका सुमन घतानीले  ४७ रनको योगदान दिँदा गौरभ कटबालले ४० रनको योगदान दिए । मोरङका प्रेम कामतले २ विकेट लिँदा श्रवण किस्कुले पनि समान २ विकेट लिए । 

१ सय ५५ रनको विजयी लक्ष्य पाएको मोरङले ४१ ओभरमा सबै विकेट गुमाई १ सय ८ रनमा सिमित भयो । मोरङका सकिव हकले सर्वाधिक २८ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच गौरभ कटबालले ३ विकेट लिँदा प्रकाश कार्कीले पनि समान ३ विकेट लिए ।

प्रकाशित : २१ फागुन २०८१, बुधबार 17:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved