विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्याक खोलन शनिबार विधिवत रुपमा शुभारम्भ गरेका छन् । मन्त्री राईले बराहपोखरी गाउँपालिका वडा ३ स्थित लामाचौरमा विधिवत पूजापाठ गरी टर्याक खोलन शुभारम्भ गरेका हुन् ।
मन्त्री राईले गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, वडाध्यक्षहरुलगायत नागरिक समाजको उपस्थितिमा टर्याक खोलने कार्यको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा मन्त्री राईले यो टर्याक खुलेपछि खोटाङको तराईसँग जोड्ने बैकल्पिक बाटो हुने र त्यसले खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् । ‘विकासमा पछाडि पारिएको खोटाङको विकास पहिलो प्राथमिकतामा राखेर अहिलेको प्रदेश सरकारले काम गरिरहेको सर्वविदितै छ,’ उनले भने, ‘असोज ९ गतेदेखि १२ गतेसम्म आएको बाढीले फोक्सिङ्टारको पुल बगाएपछि खोटाङ नाकाबन्दी परेको सबैलाई महशुस गराएपछि यो बाटोलाई दिक्तेल बजारसम्म पुर्याउन सबैको ध्यान तान्यो र बजेट व्यवस्थापन गरेर आज टर्याक खोलने कार्यको औपचारिक रुपमा सुरुवात हुन पुग्यो ।’
यो बाटो सुचारु गर्न आवश्यक धाप्लाङघाटको पुल बनाउने आफूले गरेको प्रतिबद्धता अनुसार अहिले द्रुत गतिमा काम भइरहेको र अब चाँडै पुल सञ्चालन हुने अवस्था निर्माण भएको उनको भनाइ थियो । धाप्लाङघाटको पुल बनेपछि दिक्तेलसम्मको बाटो जोडिएर खोटाङलाई तराईसँग जोड्ने बैकल्पिक बाटो बनाउन टर्याक खोलने कार्यको शभारम्भ गरिएको मन्त्री राईले बताएका हुन् । ‘यो बैकल्पिक बाटो पूर्ण रुपमा निर्माण गरेर सञ्चालन गर्ने काम आउँदो वर्ष पूरा हुन्छ,’ उनले भने, ‘अब यो बाटोको काम पूरा गरेर खोटाङको तराईसँग जोड्ने वैकल्पिक बाटो हुन्छ । यो बाटोमा पर्ने खोला, नदीमा आवश्यक सबै पुलमा बेलीब्रिज निर्माण हुन्छ र त्यसको लागि बजेट व्यवस्थापन भइसकेको छ । पिप्लेको पुलको डिपिआर गर्ने प्रक्रिया सुरु भइसको जानकारी गराउँछु । अब यहाँको परिचय भरियाको गाउँबाट फेरिएर सरर गाडीमा आवत जावत गर्न सक्ने भएका छौं ।’
वराहपोखरी गाउँपालिका अध्यक्ष बन्जाराले अहिले काम बढी र कुरा कम गर्ने बेला आएको बताएका छन् । उनले राजनीतिक नेतृत्वहरुले अहिलेसम्म कुरा धेरै गरिसकेकोले अब काम गर्नुपर्ने बेला आएको र काम गरेर जनताको आसा र भरोसा जगाउनेतर्फ अग्रसर भएको बताएका हुन् । ‘मन्त्री ज्यूले २०८१ माघ १२ गते फोक्सिङ्टार र धाप्लाङघाटको बीचमा पर्ने साउनेचउर, बङ्दुवा, आसाबाल, अजिङ्गरे, भोर्मा फोक्सिङ्टारसम्म ९ किलोमीटर नयाँ टर्याक खोलनकै लागि पैदलयात्रा गर्नु भएको थियो,’ उनले भने, ‘पैदलयात्रा गरेको बेला मन्त्री ज्यूले गर्नुभएको प्रतिबद्धता आज पूरा भएको अनुभूति सबैलाई भएको छ । अब यस क्षेत्रकाबासिन्दालाई भरिया गाउँका बासिन्दा भन्ने उपमाबाट मुक्ति प्राप्त गराउन मन्त्री ज्यूले गर्नुभएको योगदान अविस्मरणीय रहनेछ ।’
फोक्सिङ्टार–धाप्लाङ्सम्मको ९ किलोमीटर सडकको टर्याक खोल्न प्रदेश सरकारले विभिन्न शिर्षकमा गरी गतवर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजन गरेर काम अघि बढाएको हो । चालु आवका लागि विनियोजित बजेटमध्ये बराहपोखरी गाउँपालिकामा प्रदेश सरकारले वित्तीय हस्तान्तरणमार्फत ४५ लाख बजेट प्रदान गरेको छ । उक्त बजेटबाट गाउँपालिकाले उपभोक्ता समितिमार्फत टर्याक खोलने कार्य सुरु गरेको हो । छुट्टै शिर्षकको बाँकी बजेटको टेण्डर गरेर प्रदेश सरकारले काम अघि बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
समाचार
विद्युत पोलमा युवा श्रमिक उपेस परियारको ज्यान कसरी गयो ?
द नेप्लिज संवाददाता‘गृहमन्त्रीज्यू, जीबी राई खोइ ?
द नेप्लिज संवाददातानेपाली कांग्रेसको बैठकमा रुवाबासी
द नेप्लिज संवाददातानक्कली सुनको बुद्ध मूर्ति देखाएर ठगी गर्ने फेरि सक्रिय
द नेप्लिज संवाददाताखोटाङमा २२ वर्षीया महिलासँग बलात्कार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares