४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

महेन्द्र मोरङमा क्रान्तिकारीको विजयीले कांग्रेसलाई देखाएको बाटो

नेविसंघको हारमा शेखर कोइरालाको जित
द नेप्लिज संवाददाता
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको स्तित्व पार्टीको संस्थापन पक्षले स्विकार नगरेको परिणाम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव विजयी भएका छन्।

यादवले १११८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १०७६ मत ल्याउँदै पराजय बेहोरेका छन् । कुल २६३१ मत खसेको महेन्द्र मोरङमा सचिवमा नेपाल विद्यार्थी संघकी सुचित्रा थापा मगर र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका हुन्।

अन्य निर्वाचित सदस्यहरूमा गौतम कुमार मण्डल, मो। साहिन, कौशलकुमार साह, सुसान्त खसैत, नविन बाबु तिवारी, राशिक सुवेदी, एन्जिला काफ्ले, र रामबत कुमार मेहता छन्। स्ववियू निर्वाचनमा कोइराला समूहलाई संस्थापन पक्षले पाखा लगाउन खोज्दा मोरङको ८ वटा क्याम्पसमध्ये अधिकांशमा नेपाल विद्यार्थी संघले हार व्यहोरेको छ ।  

महेन्द्र मोरङमा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्यालसँग मिलेर कांग्रेस मोरङका उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहका भीम पराजुलीको समर्थनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियू निर्वाचनमा विष्टलाई उठाएका थिए । नेविसंघले स्ववियू निर्वाचनमा देशभरि कोइराला समूहका विद्यार्थीहरुलाई पाखा लगाएर टिकट वितरण गरे चुनावी मैदानमा उत्रेकाले अहिलेको परिणाम आएको कांग्रेसजनको ठहर छ । 

महेन्द्र मोरङमा कोइराला समूहबाट पूर्वमुख्यमन्त्री केदार कार्कीले नेविसंघबाट केन्द्रीय सदस्य योगराज दाहाललाई प्यानलसहित उम्मेदवारी दिन लगाएको चर्चासमेत छ । तर सत्ता र शक्तिको आडमा संस्थापन तथा महानगर प्रमुख नागेशको समूहको दवाव र प्रभावमा निर्वाचन समितिले दाहालको प्यानललाई स्वतन्त्र उम्मेदवार सूचीमा राखेपछि आधिकारिक्ता विवादसमेत चुलिएर उच्च अदालतसम्म पुगेको छ । 

दाहालले चुनाव रोक्नु पर्ने माग दावीसहित दिएको रिट निवेदनमा उच्च अदालतले परमादेश जारी नगरे पनि कारण देखाउ आदेश गरेको छ । स्ववियू सभापतिमा यादव जिते पनि अदालतमा मुद्दा विचाराधिन रहेकोले पूर्णरुपमा जित सुनिश्चित भइनसकेको अवस्था रहेको विद्यार्थी नेताहरुको भनाइ छ । उच्च अदालतमा दाहालले दायर गरेको रिटको अन्तिम किनारा लागेपछि मात्रै महेन्द्र मोरङको निर्वाचनको अन्तिम परिणाम सुनिश्चित हुने देखिएको छ । 

नेविसंघको हारमा शेखर कोइरालाको जित

विराटनगरलगायतका क्याम्पसमा नेविसंघको हारमा पार्टीभित्र पाखा लगाइएका कांग्रेस नेता शेखर कोइरालाको जित देखिएको छ । अहिले पराजय व्यहोरेको अधिकांश क्याम्पसमा नेविसंघ एकजुट भएर निर्वाचनमा उत्रिएको अवस्थामा जित सुनिश्चित हुने महोलका बीच हार स्विकार गर्नुपरेको विद्यार्थी नेताहरु नै स्विकार छन् । 

कांग्रेस नेता शेखर कोइरालाले देशभरिका नेविसंघका कुनैपनि आफ्नो उम्मेदवार नभएको हाकाहाकी सञ्चारकर्मीहरुलाई बताएका थिए । संथापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टीभित्र कुनैपनि भूमिकाका साथै उचित सम्मान नदिएकाले नेविसंघका साथै समग्र पार्टी नै कमजोर बन्दै गएको कांग्रेसी नेताहरुको भनाइ छ । 

कांग्रेस नेताहरुका अनुसार पार्टीलाई शेखर कोइरालाको आवश्यक्ता नभएको अवस्थामा चुनावमा उनको साथ खोज्नु जायज हुँदैन । अहिले क्याम्पसहरुमा नेविसंघको पराजयको सम्पूर्ण जिम्मेवारी पार्टीका संस्थापन समूहका नेताहरुले लिनुपर्छ । अहिले त नेविसंघको हारमा नेता शेखर कोइरालाको जित देखिएको उनीहरुको भनाइ थियो ।  

पार्टीलाई बलियो बनाउन र चुनावी परिणाम ल्याउन शेखर कोइरालालगायत पार्टीका सम्पूर्ण नेताहरु एकजुट हुनुको विकल्प नभएको उनीहरुको भनाइ छ ।

प्रकाशित : ७ चैत २०८१, बिहीबार 11:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved