६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

औषधी व्यवसायी संघद्वारा आगलागी पिडितलाई राहत

द नेप्लिज संवाददाता
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले धनपालथानका आगलागी पिडितलाई बिहीबार राहत वितरण गरेको छ । संघले आगलागी पिडितलाई भुजा, च्इाउच्याउ, झुल, विद्यार्थीहरुलाई कपी, डटपेन, पेन्सिललगायका राहत सामग्री वितरण गरेको हो । 

संघ मोरङ अध्यक्ष देशबन्धु ढकालले धनपालथान गाउँपालिका अध्यक्ष जीवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानोलगायत वडाध्यक्षहरुको उपस्थितिमा रहत सामग्री हस्तान्तरण गरेको बताए । आगलागी पिडितले भने आफूहरुलाई घर निर्माण अति आवश्यक रहेकोले घर निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागी हुँदा मंगलबार घर भित्र रहेकी उनकी ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । आगलागीबाट  स्थानीय १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको हो ।  

प्रकाशित : ७ चैत २०८१, बिहीबार 19:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved