विराटनगर– धनपालथान गाउँपालिका–७ का आगलागी पिडितलाई ह्याविट्याट फर ह्युम्यानिटी नेपालले बुधबार राहत वितरण गरेको छ ।
ह्याविट्याटले त्रिपाल, ब्ल्याङ्केट, म्याट, डोरीलगायतका सामग्री वितरण गरेको ह््याविट्याटका बरिष्ठ प्राविधिक संयोजक राजिव बर्माले बताए । ह्याविट्याटले प्रदेश सांसद तथा सामाजिक विकास समिति सभापति गयानन्द मण्डल, धनपालथान गाउँपालिका अध्यक्ष जीवछ प्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानोलगायत वडाध्यक्षहरुको उपस्थितिमा राहत वितरण गरेको हो ।
अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागी हुँदा मंगलबार घर भित्र रहेकी उनकी ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । आगलागीबाट स्थानीय १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको हो ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares