विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय कर्मचारी हटाउने योजनालाई अदालतले मञ्जुरी दिएको छ ।
संघीय अदालतले बुधबार संघीय कर्मचारीको आकार घटाउन ट्रम्प प्रशासनले अगाडि बढाएको प्रक्रियालाई निरन्तरता दिने मार्ग प्रशस्त गरेको छ ।
ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छिक राजीनामा गर्न इमेल पठाएको थियो। राजीनामा गर्ने कर्मचारीले आगामी अक्टोबरसम्म तलब पाउने प्रस्ताव पनि इमेल मार्फत दिइएको थियो।
ट्रम्पको यो योजनालाई अन्यायपूर्ण भन्दै कर्मचारी युनियन अदालत पुगेको थियो। साताअघिको प्रारम्भिक सुनुवाइमा बोस्टनका संघीय जिल्ला न्यायाधीश जर्ज ओ टुलले ट्रम्प प्रशासनलाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।
बुधबारको सुनुवाइमा कर्मचारीलाई राजीनामा गराउने प्रक्रियामा अदालतको रोकटोक नभएको उनै न्यायाधीशले आदेश गरेको रोयटर्सले जनाएको छ।
कर्मचारी युनियनले भने संघीय कर्मचारीहरूलाई तत्काल राजीनामा नगर्न अनुरोध गरेको छ। युनियनलाई माथिल्लो अदालतमा अपिल गर्ने सुविधा बाँकी नै छ।
ट्रम्प प्रशासनले पठाएको इमेलमा करिब ६५ हजारभन्दा बढी कर्मचारीहरूले सहमति जनाएर जवाफ फर्काएका छन्।
संघीय एजेन्सीहरुलाई सल्लाहकार इलोन मस्कसँग समन्वय गरी काम गर्न ट्रम्पले आदेश जारी गरिसकेका छन्। मस्ककै समन्वयमा भएको मूल्यांकनको आधारमा बाँकी काम अघि बढ्ने भनिएको छ।
ट्रम्पले विशेषगरी अवकाश पाउन लागेका, कार्यसम्पादनमा कमजोर भएका तथा डेमोक्र्याटिक पार्टीप्रति झुकाव भएका कर्मचारीलाई हटाउन लागेका हुन्।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares