६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

धनपालथान आगलागी घटना: मृतक बालिकाको परिचय खुल्यो

पछिल्लो २४ घण्टामा देशभर २१ स्थानमा आगलागी
द नेप्लिज संवाददाता
५ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर – मोरङको धनपालथान–७, कदमा मुस्लिम टोलमा भएको भीषण आगलागीमा निधन भएकी बालिकाको परिचय खुलेको छ। स्थानीय मोहम्मद हनिफको  ४ वर्षीया छोरी रेश्मा खातुनको जलेर निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।  आगलागी लगतै हराएका अर्को एक बालक भने जीवित फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगो लाग्ने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो। तर, अत्यधिक घाम र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका  १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका ५ वटा दमकल परिचालित भएका थिए। आगलागी आज दिउँसो साढे १२  बजेबाट सुरु भएको थियो। अहिले घटनास्थलमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ भने केही समयअघि नेपाली सेनाको टोली पनि पुगेर आगो नियन्त्रणमा लिएको  छ।

सुक्खा मौसमका कारण नेपालमा आगलागीका घटनामा वृद्धि भएको देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ स्थानमा भएको आगलागीको घटनामा ४ घाइते भएका छन् ।   धनपालथानको यो दुखद घटनाले आगलागीको जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ। विशेष गरी सुक्खा मौसममा सावधानी अपनाउनु अत्यावश्यक छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको तत्परता प्रशंसनीय भए पनि यस्ता घटनाको रोकथामका लागि सबैको सहयोग र सतर्कता आवश्यक छ।

प्रकाशित : ५ चैत २०८१, मङ्गलबार 14:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved