अहिले सम्म भारतकाे २८ राज्य र आठ केंद्र शासित प्रदेश मध्येमा पश्चिम वंगालमा ममता बनर्जी एक मात्र महिला मुख्यमंत्री थिइन् । दिल्लीको मुख्यमंत्री बने पछि रेखा गुप्ता अब दोस्रो महिला मुख्यमंत्री भएकी छन् । भारतको चुनावी राजनीतिमा एक दशकदेखि जागरुक महिलालालाई शक्तिशाली भोट बैंकको रुपमा हेर्न थालिएको छ । रेखालाई अगाडि सारेर भाजपाले महिला मतदातालाई सम्मान गरेको सन्देश दिन खोजेको छ ।
विराटनगर- भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीको चौथो महिला मुख्यमन्त्रीमा वैश्य समुदायकी प्रभावशाली नारी रेखा गुप्ताको चयन गरेको छ । भाजपाको दिल्लीस्थित कार्यालयमा पार्टी विधायक दलको बैठकमा उनको नाममा सहमति जुटेको हो । महिला नेतृहरुमा गुप्ता अगाडि सुषमा स्वराज, शीला दीक्षित और आतिशी मुख्यमन्त्री रहिसकेकी छन् ।
भाजपा नेता रविशंकर प्रसादको अनुसार मुख्यमन्त्रीको दाबेदार मानिएका प्रवेश वर्मा, सतीश उपाध्याय र विजेंद्र गुप्ताले रेखाको नाम प्रस्ताव गरेका हुन् । नवनिर्वाचित मुख्यमन्त्री गुप्ताले प्रधानमंत्री नरेंद्र मोदी, राष्ट्रीय अध्यक्ष जेपी नड्डा, वीरेंद्र सचदेवा, रविशंकर प्रसाद र सबै कार्यकर्तालाई धन्यवाद दिएकी छन् । हालै सम्पन्न विधानसभा चुनावमा उनले दिल्लीको शालीमार बाग सीटबाट आम आदमी पार्टीकी बंदना कुमारीलाई झण्डै ३० हज़ार भोटले हराएकी थिइन् । उनी यही सिटमा सन २०२० को चुनावमा कम मतान्तरले पराजित भएकी थिइन् । उनी दिल्ली नगर निगमको पार्षद र दिल्ली विश्वविद्यालय छात्र संघको अध्यक्ष पनि भइसकेकी छन् । भाजपाको यो निर्णयले भाजपाको महिला खेमा र भारतमा ठूलो संंख्यामा रहेका वैश्य समुदाय प्रसन्न छन् ।
रेखाले राजनीतिक करिअरको सुरुवात दिल्ली विश्वविद्यालयको अखिल भारतीय विद्यार्थी परिषदबाट गरिन् । सन १९९६ मा दिल्ली विश्वविद्यालय छात्र संघ (डुसू) को अध्यक्ष भइन् । सन २००७ मा दिल्लीको पीतमपुरा (उत्तर) को काउंसिलर बनिन् । उनी दिल्ली भाजपा महिला मोर्चाको जनरल सेक्रेटरीको दायित्व पनि निर्वाह गरिसकेकी छन् । सन २००४ देखि दुई वर्ष भाजपा युवा मोर्चाकी राष्ट्रीय सचिव रहिन् ।
रेखाको जन्म सन १९७४ मा हरियाणाको जींद ज़िल्लाको जुलानामा भएको थियो । उनी सानैदेखि राष्ट्रीय स्वयं सेवक संघ (आरएसएस) सँग आबद्ध रहिन् । रेखाले दिल्ली विश्वविद्यालयबाट बीकम र एलएलबी गरेकी हुन् । सन १९९८ मा उनकाे विवाह दिल्लीका मनीष गुप्तासँग भएको हो । आपका राष्ट्रिय संयोजक अरविंद केजरीवाल र दिल्लीको निवर्तमान मुख्यमन्त्री आतिशीले उनलाई बधाई दिएका छन् ।दिल्लीको विकासका लागि भरपुर सहयोग गर्ने दुवैले बताएका छन् । केजरीवालले सामाजिक सञ्जाल 'एक्स', मा लेखेका छन्,'दिल्लीको जनतासँग गरिएको विकासको सबै वाचा पुरा गर्नुहुनेछ भन्ने आशा छ, दिल्लीको जनताको विकास र हितका कार्यमा हामी उहाँलाई सहयोग गर्छौँ ।' दिल्लीको मुख्यमंत्री हुनु भएकोमा रेखा गुप्ताजीलाई बधाई । दिल्लीको नेतृत्व एक महिलाले गर्नु खुशीको कुरा हो,' आतिशीले एक्समा लेखेकी छन् ।
भाजपाको लागि महिला सम्मान सबैभन्दा ठूलो प्राथमिकता भएको भाजपा सांसद मनोज तिवारीले भनेका छन् । उनले विधायक दलका नेता तथा दिल्लीको मुख्यमंत्री भएकोमा रेखालाई बधाई दिएका छन्। भाजपा सांसद बांसुरी स्वराजले प्रधानमंत्रीको नेतृत्वमा रेखाजीले दिल्लीको विकासमा एक अध्याय कोर्ने विश्वास व्यक्त गरेकी छन् । अरविंद केजरीवाल जस्तै रेखा गुप्ता पनि हरियाणाकी हुन् । दुवै बनिया जातिका हुन् । केजरीवाल र सुषमा स्वराज पछि हरियाणाबाट मुख्यमन्त्री बन्ने रेखा तेस्रो व्यक्तित्व हुन् । दिल्लीभन्दा अगाडि भाजपाको १३ राज्य र एक केन्द्र शासित प्रदेशमा सरकार थियो । तर कहि पनि महिला मुख्यमन्त्री थिएन ।
राजस्थानमा वसुंधरा राजे सिंधिया पछि भाजपाको खाली ठाउँलाई रेखा गुप्ताले भरेकी छन् । अब भारतको १३ राज्य र दुई केंद्रशासित प्रदेशमा भाजपाको शासन छ । अहिले सम्म भारतकाे २८ राज्य र आठ केंद्र शासित प्रदेश मध्येमा पश्चिम वंगालमा ममता बनर्जी एक मात्र महिला मुख्यमंत्री थिइन् । दिल्लीको मुख्यमंत्री बने पछि रेखा गुप्ता अब दोस्रो महिला मुख्यमंत्री भएकी छन् । भारतको चुनावी राजनीतिमा एक दशकदेखि जागरुक महिलालालाई शक्तिशाली भोट बैंकको रुपमा हेर्न थालिएको छ । रेखालाई अगाडि सारेर भाजपाले महिला मतदातालाई सम्मान गरेको सन्देश दिन खोजेको छ ।
दिल्ली विधानसभा चुनावमा पनि आप, भाजपा र कांग्रेस लगायतका सबै दलले चुनावी घोषणापत्रमा महिलालाई प्राथमिकता दिएका छन् । भाजपाले चुनाव जिते पछि महिलालाई मासिक २ हजार ५ सय भारु दिने वाचा गरेको छ । यस्तोमा रेखालाई मुख्यमन्त्री बनाउनु भाजपाको चुनावी रणनीतिकै रुपमा हेरिएको छ । भाजपाले चुनावको १० दिन पछि रेखालाई मुख्यमन्त्रीको अभिभारा सुम्पिने निर्णय लिएको हो ।
केजरीवाललाई हराउने प्रवेश वर्मा
रेखाभन्दा मुख्यमन्त्रीका लागि प्रवेश वर्मा चर्चामा थिए । उनले आप नेता केजरीवाललाई ४ हजार ८९ मतले हराएका थिए । प्रवेशले ३० हजार ८८ र केजरीवालले २५ हजर ९ सय ९९ भोट पाएका थिए । यसपछि उनलाई मुख्यमन्त्रीको दावेदार मानिएको थियो । उनी अन उपमुख्यमन्त्री बन्न सक्ने अड्कल गरिएको छ । प्रवेशका पिता साहिब सिंह वर्माले २६ फरवरी १९९६ देखि १२ अक्टोबर १९९८ सम्म दिल्लीकाे मुख्यमंत्री रहे । विपक्षीले लगाउन सक्ने परिवारवादको आरोपबाट जोगिन वर्मालाई भाजपाले मुख्यमन्त्री नबनाएको आममान्छेको बुझाइ छ ।
भाजपा मुख्यमन्त्रीको सन्तानलाई मुख्यमन्त्री बनाउन चाँहदैन । हिमाचल प्रदेशमा प्रेम कुमार धूमलको छोरा अनुराग ठाकुरलाई मुख्यमंत्रीको अहम दाबेदार मानिएको थियो । तर भाजपाले जयराम ठाकुरलाई सत्तारोहण गरायो । अन्य दलका लागि चुनौति मानिने ५० वर्षीया रेखाको दमदार व्यक्तित्व पनि भाजपालाई आकर्षित गरेको अनुमान गरिएको छ । उनी दिल्लीको राजनीतिमा तीन दशकदेखि सक्रिय छन् । मुख्यमन्त्रीका लागि पार्टीले विश्वास गरे पछि रेखाले भनेकी छन्,'देशको हरेक महिलाका लागि यो गर्वको क्षण हो, दिल्लीमा भाजपाले गरेको वाचा पुरा गर्नु मेरो एक मात्र लक्ष्य हो ।'
सन १९९५ मा दिल्ली विश्वविद्यालयको विधार्थी यूनियनको सचिव र त्यस पछि अध्यक्ष भएकी रेखा गुप्तासँग एउटा रोचक प्रसंग पनि जोडिएको छ । उनी यूनियनको सचिव हुँदा कांग्रेसको छात्र विंगबाट अल्का लांबा अध्यक्ष थिइन् ।
रेखा मुख्यमन्त्री भएको मौकामा अल्का लांबाले उ बेलाको एक तस्बिर शेयर गर्दै लेखेकी छन्,'१९९५ को यो स्मरणीय फोटो हो, हामीले साथसाथ शपथ लिएका थियौँ. म विश्वविद्यालय छात्र संघको अध्यक्षमा र रेखा महासचिव पदमा विजयी भएकी थिइन् । दिल्लीको चौथो महिला मुख्यमंत्री भएकोमा रेखालाई बधाई र शुभकामना ! माता यमुना स्वच्छ र छोरीहरु सुरक्षित रहने दिल्लीबासीको अपेक्षा छ ।'
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares