४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

स्वास्थ्य मन्त्रीसहितको टोली लिएर अस्पताल अनुगमन गर्दै मुख्यमन्त्री सिंह

अवैध अस्पताल सञ्चालक पक्राउ
द नेप्लिज संवाददाता
१ फागुन २०८१, बिहीबार

Advertisement

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशमा अवैध तथा अनाधिकृत रुपमा सञ्चालन भइरहेको निजी अस्पतालबिरुद्ध कठोर नीति अबलम्बन गरेको छ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहलगायत स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको टोलीले बिहीबार जनकपुरधाममा सञ्चालित निजी अस्पतालहरुको अनुगमन गरेका छन् । 

यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधाममा सञ्चालित २१ वटा निजी अस्पतालको अनुगमन गरेका थिए । उक्त अस्पतालहरुमध्ये सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएकालाई बन्द गरी उक्त अस्पतालहरुमा उपचाररत बिरामीलाई अन्य वैध अस्पतालमा स्थानान्तरण गराएका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैले अस्पतालमा ताल्चा लगाई सेवा बन्द गरेका थिए भने केही अस्पतालले सरकारको निर्देशन अटेर गरी पूर्ववत् सेवा सञ्चालन गरिरहेका छन् । सरकारी निर्देशन अस्विकार्दै दत्र्ता प्रक्रिया नै पूरा नगरी सञ्चालन गर्दै आएका मोडर्न अस्पताल जनकपुरका सञ्चालक रामभरोस महतोलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति संघ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । 

प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पतालालाई बन्द गराई एक लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ ।   

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराई सञ्चालनमा रहेका बहुसँख्यक अस्पतालसँग अस्पताल सेवा सञ्चालन स्वीकृति छैन । स्वीकृतिप्राप्त केही अस्पतालले नवीकरण गराएका छैनन् । भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधिउपकरण लगायतमा कमसल ती अस्पतालमा उपचार गराउँदा सेवाको गुणस्तर कायम नभई बिरामीको ज्यान तथा स्वास्थ्य नै जोखिममा पर्नेगरेको छ । 

जनकपुरधाममा अवैध तवरमा सञ्चालित अस्पताल सञ्चालकहरूले सरकारको अनुगमनविरुद्ध आन्दोलनमा उत्रेका छन् । दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेर आन्दोलनमा उत्रेका हुन् । उनीहरूको आन्दोलनलाई अपराध गर्न पाउनुपर्छ भन्ने स्थानीयले अथ्र्याएका छन् ।

प्रकाशित : १ फागुन २०८१, बिहीबार 20:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved