सिरहा– आठौँ अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्ड कप २०८१ को उपाधि सलहेश फुटवल क्लब सिरहाले उचालेको छ। गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेल ग्राममा भएको फाईनल खेलमा गोलबजार स्पोर्टस् क्लवलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
खेलको सुरुवाति चरणमै सलहेश फुटवल क्लबको अनिल पाचे मगरले एक गोल गरेका थिए। सोही गोल नै निर्णयक बन्न पुग्यो। प्रतियोगिताको विजेता टिम सलहेश फुटवल क्लबले चार लाख एक हजार र ट्रफि र उपविजेता टिम गोलबजार स्पोर्टस् क्लबले दुई लाख एक हजार नगद पुरस्कार र कप, मेडल र प्रमाणपत प्राप्त गरे।
फाईनल खेलमा खेलकुद मन्त्रि प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधन प्रसाद सिंह, गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ लागायतले पुरस्कार हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफि उनीहरुले प्रदान गरेका हुन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी सलहेसले फुटवल क्लवका राजु भुजेल घोसित भएका छन्। उनलाई सात हजार नगद र ट्रफिले सम्मान गरेको आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगितामा सलहेश फुटवल क्लवका अनिल पाचे मगर म्यान अफ द म्याच, बेस्ट किपर सागर मगर, बेष्ट स्कोरर एलेक्स घोसित भएका छन्।
गोलबजार स्पोर्टस् क्लबका अमन लामा बेष्ट मिड फिल्डर र युवराज खड्का बेष्ट फरवार्ड घोषित भएका छन्। सलहेश फुटवल क्लबका प्रशिक्षक राजिव यादव वेस्ट कोचबाट सम्मनति भएका छन्।
यही चैत्र १५ गतेबाट सुरुभएको प्रतियोगितामा भुटान र नेपालका गरी ८ वटा टिम सहभागी रहेको आयोजक गोलबजार नगरपालिकाका प्रवक्ता सञ्जित लामाले जानकारी दिए।
खेलकुद
आईपीएलप्रेमीका लागि खुशीको खबर
द नेप्लिज संवाददाताइतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares